२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनोज पाण्डेबाट यौन शोषणमा परेकी युवती अदालतमा हाजिर



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । सुन्दरी प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेबाट यौन शोषणमा परेकी सुस्मिता रेग्मी अदालत हाजिर भएकी छन् । काठमाडौं जिल्ला अदालतमा अहिले उनको बयान जारी छ ।

मानव बेचबिखन मुद्दामा पीडितको बयान प्रमाणित गराएर मात्र अभियुक्तविरुद्ध थुनाको म्याद दिइने भएकाले उनी अदालत पुगेकी हुन् ।

प्रहरीले पाण्डेविरुद्ध यौन दुर्व्यवहार र मानव बेचबिखन गरी दुईवटा मुद्दा अनुसन्धान गर्ने तयारी गरेको छ ।

यसअघि सुन्दरी प्रतियोगितामा सहभागी किशोरीले पाण्डेबाट यौन शोषणमा परेको भन्दै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी थिइन् ।

आरोपीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने भन्दै सडक देखी संसद सम्म आवाज उठेपछि सरकारले अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

समितिमा प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडाल, हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य छन् । समितिले शुक्रबार देखि नै अनुसन्धान गरिरहेको छ । शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरी बृत्त नयाँ बानेश्वरको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।