५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहरीया युवालाई लक्ष्य गर्दै करोड लगानीमा जिमखाना



Handsome man exercise with dumbbell in the gym
अ+ अ-

बागलुङ । सहरीया युवालाई लक्ष्य गरी यहाँ जिमखाना खोलिएको छ । व्यवसायी ध्रुव खड्काले ‘मोर्डन फिजिकल फिटनेस’ सञ्चालनमा ल्याउनुभएको हो । शारीरिक सुगठन र स्वास्थ्यका लागि जिमखानामा युवाको आकर्षण छ ।

सदरमुकाममा खुलेको जिमखानामा झण्डै रु एक करोड लगानी परेको सञ्चालक खड्काले बताउनुभयो । “संरचना निर्माण र जिमखानाका सामग्री किन्दा एक करोड जति खर्च भयो”, उहाँले भन्नुभयो, “यसमा कार्डियो र जिम गरेर दुई कक्ष छन् ।”

मोटोपन घटाउने पेटको कसरतका लागि छुट्टै व्यायामशाला छ । शारीरिक सुगठनका खेलाडीदेखि सर्वसाधारणले जिमखानाबाट लाभ उठाउन सक्छन् । दूरसञ्चार रोड नजिकमा जिमखाना रहेको छ । जिमखाना आउन चाहानेका लागि भर्ना खुला गरिएको छ । २० जना भर्ना भइसकेर आइतबारदेखि नियमित व्यायाममा आउन थालेका छन् ।

सुरुमा भर्ना शुल्क रु एक हजार तोकिएको छ । प्रतिव्यक्ति महिनाको रु दुई हजार, तीन महिनाको रु पाँच हजार, छ महिनाको रु १० हजार र एक वर्षको रु २० हजार शुल्क राखिएको सञ्चालक खड्काले जानकारी दिनुभयो ।

अरुको जिमखानामा जाँदाजाँदै आफँै लगानी गरेर जिमखाना खोल्ने सोच पलाएको सञ्चालक खड्काले उल्लेख गर्नुभयो । कोभिड–१९ ले निम्ताएको बन्दाबन्दी ताका खड्काले खाली रहेको आफ्नै जग्गामा जिमखानाका लागि संरचना निर्माण गर्नुभएको थियो ।

व्यायामका सामान आउन ढिलाइ भएपछि जिमखाना सञ्चालन पनि पछाडि धकेलिँदै आएको थियो । “जिमको सामान सबै आधुनिक छ, सबै चीनबाट आएको हो”, उहाँले भन्नुभयो, “महिला, पुरुष दुवैका लागि मिल्ने व्यायामका सामान छन्, त्यहीअनुसार सिकाइन्छ ।”

सहरीया जीवनशैली, खानपान आदि कारणले स्वास्थ्य जटिलता थपिँदै जान थालेपछि मानिसले शारीरिक व्यायामतर्फ ध्यान दिन थालेका छन् । कोही ‘मर्निङ वाक’मा निस्कन्छन्, कोही खेलकुदमा रमाउँछन् । कोही जिमखाना धाउँछन् ।

जिमखानामा विशेष गरी युवाको आकर्षण बढ्दै गएको देखेपछि लगानीको जोखिम उठाएको सञ्चालक खड्काको भनाइ छ । यहाँ योसँगै अरु दुईवटा जिमखाना पनि सञ्चालनमा छन् । त्यसमध्ये एउटा धेरै पुरानो हो । नागरिकको स्वास्थ्यलाई दृष्टिगत गरी नेपालका कतिपय स्थानीय तहले सार्वजनिक जिमखाना पनि खोलेका छन् ।




भर्खरै