५ श्रावण २०८३, मंगलवार
,
Latest
साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, साउन १२ र १३ गते सुनुवाई हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझा पार्टीको पहिलो जीत



अ+ अ-

बारा ।विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो सफलता हासिल गरेको छ । बाराको फेटा गाउँपालिकामा सो पार्टीबाट अध्यक्षका उम्मेदवार रुस्तम अन्सारी निर्वाचित हुनुभएको छ ।

अन्सारी चार हजार ४८५ मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभयो । पालिकाका निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार अमिरीलालले दुई हजार ३९९ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा विवेकशील साझा पार्टीकै नीलम साहले तीन हजार ५७० मत ल्याई विजयी हुनुभयो । एमालेकी उपाध्यक्ष उम्मेदवार कमरुन खातुनले दुई हजार ३३३ मत प्राप्त गर्नुभयो । स्थानीय तह निर्वाचनको इतिहासमा विवेकशील साझा पार्टीले पहिलोपटक जित निकालेको हो ।रासस