५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरिमा पुनः घनश्याम गिरी : ‘नगरवासीले सुम्पिएको अभिभारा पूरा गर्छु’



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले चन्द्रागिरि नगरपालिकामा ऐतिहासक जित निकालेको छ । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले नगर प्रमुखसहित बहुमत वडाध्यक्ष आफ्नो पक्षमा ल्याउन सफल भएको छ ।

प्राज्ञिक एवं विकासप्रेमी नेताका रुपमा सुपरिचित घनश्याम गिरी कांग्रेसका तर्फबाट पुनः मेयर पदमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ भने वडा न १, ३, ४, ७, ८, ९, ११, १३ र १५ मा कांग्रेसले विजय हासिल गरेको छ । नवनिर्वाचित नगर प्रमुख गिरीले १५ हजार ४७५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उत्तमबहादुर रावतले १४ हजार ६५१ मत प्राप्त गर्नुभएको छ । उहाँ वडा नं १५ का निवर्तमान वडाध्यक्ष हुनुहुन्थ्यो ।

कांग्रेसका तर्फबाट नवनिर्वाचित वडाध्यक्ष वडा नं १ मा हरिश्याम रानामगर, ३ मा दुर्गालाल महर्जन, ४ मा कृष्णप्रसाद खड्गी, ७ मा शम्भु केसी, ८ मा प्रल्हाद रिजाल, ९ मा अच्युत अधिकारी, ११ मा नरेन्द्रराज श्रेष्ठ १३ मा श्रीकृष्ण खत्री र १५ मा घनश्याम लुइँटेल हुनुहुन्छ ।

नवनिर्वाचित मेयर गिरी कांग्रेस चन्द्रागिरि नगर कार्य समितिका सभापतिसमेत हुनुहुन्छ । निर्वाचित हुनुभएपछि उहाँले रासससँग भन्नुभयो, “निर्वाचनका समयमा नगरवासीसमक्ष आफूले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा गरेका प्रतिबद्धता पूरा गर्नेछु । यस चन्द्रागिरि नगरलाई मुलुककै नमूना प्रविधि मैत्री नगरपालिकाको रुपमा स्थापित गर्र्नेछु ।”

‘उत्पादन रोजगार र बजारीकरण : प्रविधि युक्त सुशासन’ भन्ने चुनावी नाराका साथ उहाँ निर्वाचनमा होमिनुभएको थियो । उहाँका मार्गचित्रमा सुशासन एवं सूचनामैत्री नगर बनाउने, उत्पादन प्रवद्र्धन र प्रोत्साहन गर्ने, प्राविधिक शिक्षालय र तालिम केन्द्र स्थापना गर्ने, प्रविधिमैत्री शिक्षामा जोड, गुणस्तरीय स्वास्थ सेवा प्रवद्र्धन, सफा र रमणीय वातावरण, पर्यटन प्रवद्र्धनः धर्म, संस्कृति, कला र गुठी संरक्षण लगायताका छन् ।

काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतुङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङका तत्कालीन गाउँविकास समिति मिलाएर बनाइएको चन्द्रागिरिको पछिल्लो जनसङ्ख्या एक लाख ३६ हजार ९२८ छ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि नगरपालिकामा ४७ हजार २६४ मतदाता कायम भएकोमा यस पटकको निर्वाचनमा ३६ हजार ७१२ ले मतदान गरेका थिए । यस पटकको निर्वाचनमा २२ मतदानस्थल ५६ मतदान केन्द्र तोकिएको थियो ।

विसं २०७४ जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ३८ हजार ८३६ मतदाता थिए । सो निर्वाचनमा १३ हजार ३०९ मत प्राप्त गरी कांग्रेसका नेता गिरी मेयर पदमा निर्वाचित हुनुभएको थियो । कांग्रेसले सो निर्वाचनमा चन्द्रागिरिका वडा नं ३, ४, ७, १२ र १४ मा वडाध्यक्ष पद आफ्नो पक्षमा ल्याएको थियो । कांग्रेस चन्द्रागिरि नगर समितिका उपसभापति राजेन्द्र विक्रम बानियाँ एवं नवीन महर्जनले नेपाली कांग्रेस र गठबन्धनक उम्मेदवारलाई चन्द्रागिरि नगरपालिकाको नेतृत्व गर्न आफ्नो अमूल्य मतदान गर्नुहुने सबै नगरवासीलाई धन्यवाद दिनुभएको छ ।




भर्खरै