२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा इमान्दारिता देखिएन: सांसद मेटमणि चौधरी



file photo
अ+ अ-

काठमाडौं । नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलिय गठबन्धनमा इमान्दारिता नदेखिएको बताउनुभएको छ ।  बिहीवार प्रतिनिधि सभा बैठकमा सहभागि हुन संसद भवन पुग्नुभएका सांसद चौधरीले सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै गठबन्धनमा इमान्दारिता नदेखिएको बताउनुभएको हो ।

उहाँले नेपाली कांग्रेसले जवाफदेहिता र इमान्दारिता देखाउन नसकेकको बताउनुभयो । माओवादी पार्टी व्यापारिक मानिसले जस्तै फाइदा हुनेतिर मात्रै ढल्किएको उहाँले आरोप लगाउनुभयो । निर्वाचन मत परिणाम बाट आफुहरु सन्तुष्ट हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘चुनावी मत परिणाममा हामी सन्तुष्ट छैनौँ । जुन तरिकाले पाँच दलिय गठबन्धनमा इमान्दारिता हुनुपथ्र्यो, त्यस्तो देखिएन । नेपाली कांग्रेसले जुन तरिकाको जवाफदेहिता, इमान्दारिता देखाउनुपथ्र्यो त्यो देखाउन सकेन ।

माओवादी पार्टीले आफु एउटा बिजनेश म्यानको जस्तै चार पैसा फाइदा कता हुन्छ, उतैतिर ढल्किने यहाँसम्मकि कुनै ठाउँमा एमालेसँग समेत समन्वय ग¥यो । कांग्रेसले पनि त्यो खालको व्यवहार ग-यो । त्यसैले हामिले जुन खालको रिजेल्ट अपेक्षा गरेका थियौँ त्यो खालको रिजेल्ट आउन सकेन ।’

उहाँले कांग्रेस र माओवादी सच्चिएमा मात्र गठबन्धनलाई अगाडी बढाउन सकिने बताउनुभयो । नैतिकताको राजनीति नगर्ने र भनेको कुरा नगर्ने पार्टीहरु सँग अगाडी जान नसकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘कांग्रेस र माओवादीले आफुलाई करेक्शन गर्ने ठाउँमा पुगे भने ठिकै छ फेरी पनि अगाडी जान सकिन्छ । नभए यस्तो फटाहागिरी, इथिक्सको राजनीति नगर्ने, जे भनिन्छ त्यो नगर्ने भएपछि त्यस्ता राजनीतिक दलसँग कसरी अगाडी जान सकिन्छ ?’

उहाँले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)का बिचमा मात्रै गठबन्धन भएको जिकिर गर्नुभयो । पाँच दलिय गठबन्धनलाई सफल भएको मान्न नसकिने उहाँले बताउनुभयो ।

 




भर्खरै