२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासीको सुनवल नगरमा एमालेको नेतृत्व



अ+ अ-

परासी । गठबन्धनलाई हराउँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनलाई पराजित गर्दै नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले विजयी हासिल गरेको हो ।

तीन हजार २१८ मतको अन्तरले गठबन्धनका उम्मेदवार अर्जुनकुमार पोखरेललाई हराउँदै नगर प्रमुखमा एमालेको बिमला अर्याल ९०८ मतको फराकिलो अन्तरले विजयी हुनुभएको छ । यस्तै चार हजार ९०८ को अन्तरले गठबन्धनका उपप्रमुखका उम्मेदवार लेखनाथ खरेललाई हराउँदै एमालेका सूर्यप्रसाद दुवे निर्वाचित हुनुभएको छ ।

प्रमुखमा पराजित पोखरेल नेपाली कांग्रेसबाट र उपप्रमुखमा पराजित खरेल माओवादीबाट उम्मेदवार रहनुभएको थियो । निर्वाचित अर्यालले चौध हजार ८३८ मत ल्याउनुभएको छ भने उहाँको निकटम प्रतिद्वन्द्वी पोखरेलले एघार हजार ६२० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा निर्वाचित दुवेले तेह्र हजार ७९८ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी खरेलले आठ हजार ८९० मत पाउनुभएको हो । यसअघिको निर्वाचनमा सुनवल नगरको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमाले निर्वाचित भएको थियो ।

१३ वडा रहेको यस नगरमा सात वडा एमालेले जितेको छ भने कांग्रेसले पाँच र माओवादीले एक वडा जितेको छ । वडा नं १ र २ मा एमालेका मनबहादुर थापा र राजेन्द्र यादव, ३ मा कांग्रेसका पविन गुरुङ, ४ मा एमालेका बालकृष्ण पङ्गेनी, ५ मा कांग्रेसका नेत्रलाल तिवारी र ६ को वडाध्यक्षमा एमालेका हिमलाल शर्मा निर्वाचित हुनुभएको छ ।

त्यस्तै ७ को वडाध्यक्षमा माओवादीका नारायण आचार्य, ८ मा कांग्रेसका देवबहादुर गुरुङ, ९ र १० मा एमालेका वीरबल चौधरी र दिलबहादुर थापा, ११ र १२ मा कांग्रेसका कमलप्रसाद च्वाई र चुडामणि पौडेल र वडा नं १३ मा एमालेका कृष्णप्रसाद बगाले निर्वाचित हुनुभएको हो ।

४६ हजार ३०१ मतदाता रहेको सुनवल नगरमा स्थानीय तह निर्वाचनमा विभिन्न ५० मतदान केन्द्रबाट ३४ हजार ४७८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।