२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहाको दुई नगरमा एमाले विजयी



अ+ अ-

लहान । सिरहा र कर्जन्हा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । सिरहा नगरको उपप्रमुखमा पनि एमालेले नै जित हासिल गरेको छ ।

सिरहाको नगरप्रमुखमा डा नवीन यादव र उपप्रमुखमा बबिताकुमारी साह विजयी हुनुभएको छ । डा यादवले ११ हजार १४३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले आठ हजार ७३२ मत ल्याउनुभयो । यस्तै उपप्रमुखमा साहले १० हजार १२६ मत ल्याएर निर्वाचित हुनुभयो भने उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसका सरिता यादवले आठ हजार ५७७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै कर्जन्हा नगर प्रमुखमा एमालेकै भोलाप्रसाद पोखरेल तीन हजर ८३९ मतका साथ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका केशवप्रसाद साहले तीन हजर २२३ र नेकपा (माओवादी)का गङ्गा पासवानले दुई हजार ४८२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टीका लक्ष्मीकुमारी श्रेष्ठ तीन हजार ४८७ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका निर्मला कुमारीदेवी पासवानले तीन हजार ९५ मत तथा माओवादीका ज्ञानकुमारी श्रेष्ठले दुई हजार ४५६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कूल ११ वडा रहेको उक्त नगरको पाँच वडामा एमाले, तीनमा जसपा, माओवादी र नेकपा (एकीकृत समाजवादी)ले एक/एक तथा एक वडामा स्वतन्त्र उम्मेदवार अध्यक्षमा विजयी भएका छन् ।