२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठनेता पौडेलद्वारा विजयी पण्डितलाई बधाई तथा शुभकामना व्यक्त



अ+ अ-

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा विजयी कृष्णराज पण्डितलाई बधाई दिनुभएको छ ।उहाँले पण्डितको कार्यकालको सफलताको कामना पनि व्यक्त गर्नुभयो ।जिल्लाको व्यासनगरपालिका पछिको ठूलो उक्त नगरपालिकाको प्रमुखमा बुधबार साँझ भारी मत फरकले पण्डित विजयी हुनुभएको हो ।

शुक्लागण्डकीमा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रबीच गठबन्धन भएकामा प्रमुख र उपप्रमुख दुबै पदमा गठबन्धन विजयी भएका छन् । कुल खसेको पच्चीस हजार सात सय अन्ठाउन मतमध्ये विजयी पण्डितले बाह्र हजार दुई सय त्रिसठ्ठी मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मुक्ति तिम्सेनाले नौ हजार ८४३ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका खुमबहादुर बिक (राजु)ले दश हजार २९६ मत ल्याएर विजयी हुनुुभएकामा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी फुलमाया वाग्लेले नौ हजार ९५७ मत पाउनुभएको मतदान अधिकृत सरीता रायमाझीले जानकारी दिनुभयो । कूल मतदाता ३८ हजार ३१५मतमध्ये १९३ मत बदर भएको थियो । त्यसैगरी वडा नं १ मा नेपाली कांग्रेसका रविचन्द्र पौडेलले एकहजार ११३,वडा नं २ मा कांग्रेसका सुमनबहादुर रानामगरले ९२५, वडा नं ३ मा कांग्रेसका सचिन भुजेलले ८३६, वडा नं ४ मा कांग्रेसका राजकुमार वाग्लेले ७७८, वडा नं ५ मा एमालेका दीर्घबहादुर थापाले एकजार २१९, वडा नं ६ मा एमालेका बुद्धिबहादुर थापाले एकहजार २७३ मत ल्याएर विजयी हुनुभएको थियो ।

त्यसैगरी,वडा नं ७ मा नेपाली कांग्रेसका खड्कसिं थापा,वडा नं ८ मा एमालेका नारायणसिं थापा १२८१,वडा नं ९ मा एमालेका धनबहादुर पुलामी ७४०,वडा नं १० मा माओवादी केन्द्रका राजेन्द्र भट्टराई क्षेत्री ९२५,वडा नं ११ मा एमालेका शालिकराम भट्टराई १०३८ र वडा नं १२ मा एमालेका इन्द्र गुरुड विजयी हुनुभयो ।