२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठनेता पौडेलद्वारा विजयी पण्डितलाई बधाई तथा शुभकामना व्यक्त



अ+ अ-

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा विजयी कृष्णराज पण्डितलाई बधाई दिनुभएको छ ।उहाँले पण्डितको कार्यकालको सफलताको कामना पनि व्यक्त गर्नुभयो ।जिल्लाको व्यासनगरपालिका पछिको ठूलो उक्त नगरपालिकाको प्रमुखमा बुधबार साँझ भारी मत फरकले पण्डित विजयी हुनुभएको हो ।

शुक्लागण्डकीमा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रबीच गठबन्धन भएकामा प्रमुख र उपप्रमुख दुबै पदमा गठबन्धन विजयी भएका छन् । कुल खसेको पच्चीस हजार सात सय अन्ठाउन मतमध्ये विजयी पण्डितले बाह्र हजार दुई सय त्रिसठ्ठी मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मुक्ति तिम्सेनाले नौ हजार ८४३ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका खुमबहादुर बिक (राजु)ले दश हजार २९६ मत ल्याएर विजयी हुनुुभएकामा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी फुलमाया वाग्लेले नौ हजार ९५७ मत पाउनुभएको मतदान अधिकृत सरीता रायमाझीले जानकारी दिनुभयो । कूल मतदाता ३८ हजार ३१५मतमध्ये १९३ मत बदर भएको थियो । त्यसैगरी वडा नं १ मा नेपाली कांग्रेसका रविचन्द्र पौडेलले एकहजार ११३,वडा नं २ मा कांग्रेसका सुमनबहादुर रानामगरले ९२५, वडा नं ३ मा कांग्रेसका सचिन भुजेलले ८३६, वडा नं ४ मा कांग्रेसका राजकुमार वाग्लेले ७७८, वडा नं ५ मा एमालेका दीर्घबहादुर थापाले एकजार २१९, वडा नं ६ मा एमालेका बुद्धिबहादुर थापाले एकहजार २७३ मत ल्याएर विजयी हुनुभएको थियो ।

त्यसैगरी,वडा नं ७ मा नेपाली कांग्रेसका खड्कसिं थापा,वडा नं ८ मा एमालेका नारायणसिं थापा १२८१,वडा नं ९ मा एमालेका धनबहादुर पुलामी ७४०,वडा नं १० मा माओवादी केन्द्रका राजेन्द्र भट्टराई क्षेत्री ९२५,वडा नं ११ मा एमालेका शालिकराम भट्टराई १०३८ र वडा नं १२ मा एमालेका इन्द्र गुरुड विजयी हुनुभयो ।