• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   नक्कली सुनको मुर्ति देखाई ठगी गरेको आरोपमा एक भारतीय नागरिकसहित पाँच जना पक्राउ ★   काँग्रेस एमालेका शिर्ष नेताहरुबीच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन: सांसद गिरी ★   सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी ★   संसदको आकस्मिक समय: बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न माग ★   युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयको अग्रसरता अपरिहार्य छ : प्रधानमन्त्री ★   बिहीबारसम्म मनसुन थप सक्रिय हुने ★   बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी ★   राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन ★   आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु: भुवन केसी ★   एकजना पनि मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक स्थगित

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता



जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता बढाउँदै जानुभएको छ ।

साहले ५ हजार २७९ मत प्राप्त गर्नुभएको छ । एमालेका शिवशङ्कर साह ३ हजार ४२० मतका साथ दोस्रो, लोसपाका मनोज चौधरी २ हजार १३२ मत प्राप्त गरी तेस्रो र स्वतन्त्र उम्मेदवार बलराम महतो १ हजार ५४० मतका साथ चौथोे स्थानमा रहनुभएको छ ।

निवर्तमान नगरप्रमुखसमेत रहनुभएका गठबन्धनका लालकिशोर साह १ हजार ५१९ मतका साथ पाँचौँ स्थानमा हुनुहुन्छ ।

उपप्रमुखमा कांग्रेसका किशोरी साहले अग्रता कायम राख्नुभएको छ । उहाँले पाँच हजार ९११ मत प्राप्त गर्नुभएको छ । एमालेका रुना झाले तीन हजार ७८० मतका साथ उहाँलाई पछ्याइ रहनुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।