२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीको अन्नपूर्णमा एमाले विजयी



अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।

पोखरेबगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज सम्पन्न मतगणनाको नतिजानुसार अध्यक्षमा भारतकुमार पुन र उपाध्यक्षमा दिवाकुमारी तिलिजा पुनः निर्वाचित हुनुभएको हो ।

निर्वाचन अधिकृत जानुका सुवेदीका अनुसार अध्यक्षमा विजयी पुनले चार हजार ५८ र उपाध्यक्षमा निर्वाचित तिलिजाले चार हजार १५ मत पाउनुभएको छ । कांग्रेसका बलबहादुर तिलिजाले गाउँपालिका अध्यक्षमा तीन हजार ३१६ र उपाध्यक्षमा ललिता तिलिजाले तीन हजार ३५८ मत पाउनुभएको छ ।

बाह्र हजार २६ मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा ६४ प्रतिशत अथवा सात हजार ८०३ मत खसेको थियो । निर्वाचित हुने ४२ पदका लागि ९८ उम्मेदवार चुनावी मैदानमा थिए । आठ वडा रहेको अन्नपूर्णमा एमालेले पाँच र कांग्रेसले तीन वडा अध्यक्ष जितेका छन् ।