५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रपुरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा राप्रपा विजयी



अ+ अ-

झापा । झापाको भद्रपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस तथा उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । प्रमुखमा गणेश पोखरेल र उपप्रमुखमा राधा कार्की निर्वाचित हुनुभएको हो ।

पोखरेलले नेकपा (एमाले)का असारु राजवंशीलाई पराजित गर्नुभयो । उहाँले १२ हजार ५२५ मत प्राप्त गर्नुभयो । राजवंशीले नौ हजार ७५९ मत ल्याउनुभयो । राप्रपाका नवराज पनेरुले ६ हजार ३१० मत प्राप्त गर्नुभएको छ ।

नगर उपप्रमुखमा कार्कीले नौ हजार २३० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का शिवकुमार राजभण्डारीले आठ हजार ५३३ मत पाउनुभयो । भद्रपुरमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।

जिल्लाका १५ पालिकामध्ये हालसम्म दुई नगरपालिका र तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ भने १० वटामा मत गणना जारी छ । रासस




भर्खरै