२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुधौलीको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेसको जित



अ+ अ-

सिन्धुली । दुधौली नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी दनुवार र उपप्रमुखमा नेपाली कांग्रेसका चन्द्रकिशोर थारु निर्वाचित हुनुभएको छ ।

नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै दनुवार र थारु निर्वाचित हुनुभएको हो । दनुवारले १५ हजार ८३८ तथा थारुले १४ हजार २१३ मत प्राप्त गर्नुभयो । प्रमुखका प्रतिद्वन्द्वी एमालेका लक्ष्मण कार्कीले १० हजार ६३५ तथा उपप्रमुखका प्रतिद्वन्द्वी एमालेकै बालकुमारी अधिकारीले १० हजार ६११ मत प्राप्त गर्नुभयो ।

पराजित अधिकारी २०७४ सालमा उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । चौध वडामध्ये कांग्रेसले सात, एमालेले चार र माओवादी केन्द्रले तीन वटामा जित हासिल गरेको छ । कांग्रेस वडा नं १, ३, ४, ५, ६, ७ र ८ मा विजयी भएको छ ।

यस्तै एमाले उम्मेदवार वडा नं २, ९, १० र ११ मा तथा माओवादी केन्द्रका उम्मेदवार वडा नं १२, १३ र १४ मा विजयी हुनुभएको छ ।