२ पुष २०८२, बुधबार
,
Latest
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबान सरकार बनेपछि सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल



अ+ अ-

काठमाडौं । अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ ।

विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने सुनिश्चित गराउन भन्दै पाकिस्तानले नेपाललाई प्रश्न गरेपछि सोबारे प्रस्ट हुन नसकेपछि अन्तिम समयमा आएर बैठक स्थगन भएको हो ।

राष्ट्रसंघीय महासभाको साइडलाइनमा हुने भनिएको बैठक अफगानिस्तान र पाकिस्तानका कारण नहुने भएको हो । राष्ट्रसंघीय ७६औं महासभाको साइडलाइनमा हरेक वर्ष सार्कका परराष्ट्रमन्त्री (सार्क मन्त्रिपरिषद्)हरू अनौपचारिक रूपमा बैठक बस्ने गर्छन् । यो पटक अन्तिम समयमा सार्क राष्ट्रका सदस्यहरूको सहभागिताको विषयमा अन्योल सिर्जना भएपछि बैठक नहुने भएको हो ।

सार्कको कान्छो मुलुकमा देखिएको राजनीतिक घटनाक्रम परिवर्तन भएपछि त्यहाँ विद्रोही तालिबानले सरकार सञ्चालन गरिरहेको छ । अफगानिस्तानमा तालिबान सरकार बनेपछि सदस्य मुलुक अझै अन्योलग्रस्त रहेको अवस्थामा विदेश मन्त्रीस्तरीय बैठक स्थगित गरिएको परराष्ट्रका एक अधिकारीले बताए । 

तालिबानको सहभागिताको विषयलाई लिएर पाकिस्तानबाहेकका सार्क राष्ट्रले चासो देखाएपछि अन्तिम समयमा आएर बैठक स्थगित गरिएको हो । गत २९ भदौमा सबै सदस्य मुलुकलाई सार्क सचिवालयले पत्राचार गरेको थियो । अमेरिकाको न्युयोर्कको ग्रान्ड होटलमा ९ असोजका लागि बैठक राखिएको थियो । यो समाचार राजधानी दैनिकमा छ ।