६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपा गाउँपालिकाका नवनिर्वाचितलाई प्रमाणपत्र



अ+ अ-

गण्डकी । कास्कीको रुपा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

नवर्विाचित अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङलगायतलाई एक कार्यक्रमका बीच निर्वाचन अधिकृत रुद्र सुवेदीले प्रमाणपत्र प्रदान गर्नुभएको हो । नवनिर्वाचित अध्यक्ष ओझा र उपाध्यक्ष गुरुङ नेकपा एमालेका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । दुवै जना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दोहोरिनुभएको हो । अध्यक्षमा ओझाले पाँच हजार ७४९ मत ल्याएर विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गिमायाँ गुरुङले चार हजार १३७ मत ल्याउनुभएको थियो ।

त्यस्तै उपाध्यक्षमा गुरुङले पाँच हजार ४४५ मत ल्याएर निर्वाचित बन्नुभयो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार नारायण श्रेष्ठले चार हजार १५३ मत ल्याउनुभयो ।

रुपा गाउँपालिकाको सात वडामध्ये पाँचमा एमालेले जितेको छ भने दुई वटामा नेपाली कांग्रेसले जितेको छ । रुपा गाउँपालिकामा १४ हजार ६७५ मतदाता रहेकामा १० हजार ३४४ मत खसेको थियो ।