२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टीले जित्यो पहिलो मेयर



अ+ अ-

काठमाडौं । सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले पहिलो मेयर जितेको छ । सप्तरीको हनुमान कांकालिनी नगरपालिकामा जनमत पार्टीका वीरेन्द्र माझीले मेयर पदमा जितेका हुन् ।

माझी छ हजार ४०७ मत ल्याई मेयरमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ९जसपा० का शैलेशकुमार साहले छ हजार २४६ मत प्राप्त गरे ।

सो नगरपालिकामा उपमेयरमा भने जसपाकी सरितादेवी यादव निर्वाचित भएकी छन् । यादवले छ हजार ५१२ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीकी रेखादेवी मण्डलले पाँच हजार ९८२ मत पाइन् ।