५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैँडाकोट नगरपालिका प्रमुख–उपप्रमुखमा कांग्रेस



Nepali Congress
अ+ अ-

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा गैँडाकोटमा नगरप्रमुख गुमाएको कांग्रेसले यसपटक बहुमत वडाध्यक्षसहित नगरप्रमुख र उपप्रमुख जितेको हो ।

गैँडाकोटको नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मदनभक्त अधिकारी निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का उम्मेदवार छत्रराज पौडेललाई दुई हजार ८४९ मतान्तरले पछि पार्दै गैँडाकोटको नगरप्रमुखमा अधिकारी विजयी हुनुभएको हो । नगरप्रमुखमा निर्वाचित अधिकारीले १६ हजार ४५५ मत प्राप्त गर्दा निवर्तनमा नगरप्रमुख समेत रहनुभएका एमाले उम्मेदवार पौडेलले १३ हजार ६०६ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी गैँडाकोट नगर उपप्रमुखमा समेत कांग्रेसकी उम्मेदवार शान्ति कोइराला निर्वाचित हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर उपप्रमुखका उम्मेदवार तुलाराम पौडेललाई करिब दोब्बर मतान्तरले पराजित गर्दै कोइराला नगर उपप्रमुखमा निर्वाचित हुनुभएको हो । नगर उपप्रमुखमा निर्वाचित कोइरालाले १६ हजार ११४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी पौडेलले आठ हजार ६४० मतमात्रै प्राप्त गर्नुभयो ।

जम्मा १८ वटा वडा रहेको गैँडाकोटमा नगरप्रमुख र उपप्रमुख जितेको कांग्रेसले ११ वटा वडाध्यक्ष समेत जितेको छ । गैँडाकोटको नगरप्रमुख गुमाएको एमालेले ६ वटा वडाध्यक्ष जितेको छ भने नेकपा (माओवादी केन्द्र)ले एउटा वडाध्यक्ष जितेको छ ।