२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पाको बगनासकालीमा एमाले विजयी



अ+ अ-

रामपुर । पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का सरस्वती दर्लामी (चिदी) निर्वाचित हुनुभएको छ । निवर्तमान गाउँपालिका उपाध्यक्षसमेत रहनुभएकी उहाँ छ हजार ४६६ मतसहित अध्यक्षमा विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिता अधिकारीले पाँच हजार ६३३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि एमालेबाटै हरिप्रसाद पाठक निर्वाचित हुनुभएको छ । पाँच हजार ८७३ मतसहित उहाँ विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेले चार हजार ७७८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रवि न्यौपानेले जनकारी दिनुभयो । बगनासकालीको ९ वडामध्ये १, ६ र ९ मा कांग्रेसले र बाँकी सबैमा एमालेका उम्मेदवारले जितेको छ । यहाँ २०७४ को निर्वाचनमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेबाट निर्वाचित भएको थियो । यससँगै जिल्लाको रम्भा गाउँपालिकाबाहेक नौ पालिकाको मतगणना कार्य सकिएको छ ।