२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियामा रोजगारी खुल्यो



अ+ अ-

काठमाडौं । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको  मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् । 

नेपालस्थित मलेसियाको दूतावासले विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध हटाउँदै नेपाली श्रमिकले लिने निर्णय तत्काल देखि लागू हुने प्रस्ट पारेको छ । 

लामो समयदेखि कोरोनाका कारण विदेशी श्रमिकको यात्रामा प्रतिबन्ध लगाएको मलेसियाले श्रमिकको अभाव भएको भन्दै केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान बाटो खुलेको हो । कोरोना सङ्क्रमण फैलिन नदिन मलेसिया प्रवेशका लागि विभिन्न प्रावधान भने लागू हुनेछ । 

मलेसिया जाने श्रमिकले पहिले नै त्यहाँको अध्यागमनबाट अनुमति लिनुपर्छ  । मलेसिया जाने श्रमिकसँग मलेसियाको वैधानिक भिसा, विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको खोपको दुवै मात्रा लगाएको हुनुपर्नेछ । 

यस्तै कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्छ । मलेसिया पुगेपछि पनि त्यहाँको स्वास्थ्यका मापदण्ड पालना गर्दै क्वारेन्टाइनमा बस्न पर्नेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




भर्खरै