६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङको कटहरीका अध्यक्षमा कांग्रेस निर्वाचित



Nepali Congress
अ+ अ-

विराटनगर । सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको कटहरी गाउँपालिकाको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवराज चौधरीले छ हजार ५८५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुभाषकुमार सरदारले पाँच हजार ८८२ मत प्राप्त गर्नुभएको थियो ।

उपाध्यक्षमा एमालेका सीतादेवी राजवंशीले पाँच हजार ८४८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मन्जिताकुमारी सरदारले पाँच हजार ७०५ मत प्राप्त गर्नुभएको थियो । अध्यक्ष पदमा तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र)का किशोरकुमार पाण्डेले तीन हजार ५३७ र उपाध्यक्षमा सोही पार्टीका पुजनदेवी सरदारले तीन हजार ६६६ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी वडा नं १ को वडाध्यक्षमा एमालेका हरिनारायण राजवंशीले ९६०, वडा नं २ मा सोही पार्टीका सुरेन्द्रप्रसाद राजवंशीले ९६० मत, वडा नं ३ मा कांग्रेसका जदुलाल कामतले ९५६ मत, वडा नं ४ मा जनता समाजवादी पार्टी, नेपालका जीवनेश्वर यादवले ९८३ मत, वडा नं ५ मा एमालेका सम्पतलाल सरदारले ७२४ मत, वडा नं ६ मा एमालेका विसो सरदारले ९४६ मत र वडा नं ७ मा एमालेका मनोजकुमार माझीले ८७९मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।