२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङको कटहरीका अध्यक्षमा कांग्रेस निर्वाचित



Nepali Congress
अ+ अ-

विराटनगर । सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको कटहरी गाउँपालिकाको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवराज चौधरीले छ हजार ५८५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुभाषकुमार सरदारले पाँच हजार ८८२ मत प्राप्त गर्नुभएको थियो ।

उपाध्यक्षमा एमालेका सीतादेवी राजवंशीले पाँच हजार ८४८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मन्जिताकुमारी सरदारले पाँच हजार ७०५ मत प्राप्त गर्नुभएको थियो । अध्यक्ष पदमा तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र)का किशोरकुमार पाण्डेले तीन हजार ५३७ र उपाध्यक्षमा सोही पार्टीका पुजनदेवी सरदारले तीन हजार ६६६ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी वडा नं १ को वडाध्यक्षमा एमालेका हरिनारायण राजवंशीले ९६०, वडा नं २ मा सोही पार्टीका सुरेन्द्रप्रसाद राजवंशीले ९६० मत, वडा नं ३ मा कांग्रेसका जदुलाल कामतले ९५६ मत, वडा नं ४ मा जनता समाजवादी पार्टी, नेपालका जीवनेश्वर यादवले ९८३ मत, वडा नं ५ मा एमालेका सम्पतलाल सरदारले ७२४ मत, वडा नं ६ मा एमालेका विसो सरदारले ९४६ मत र वडा नं ७ मा एमालेका मनोजकुमार माझीले ८७९मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।