२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता



अ+ अ-

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको जारी मतगणनामा नगर प्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसालले आठ हजार १०९ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा उहाँको प्रतिस्पर्धामा नेकपा एमालेका उद्धव विष्टले सात हजार ५३६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेकी सान्नानी लामाले सात हजार ५९० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम नेपाली कांग्रसकी शान्ति नेपालले सात हजार ५५२ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिनुभयो । नेपाल यसअघि पनि नगर उपप्रमुख हुनुहुन्थ्यो ।

नौवटा वडा रहेको गोकर्णेश्वरमा हालसम्म वडा नम्बर १, २, ३, ६ र ७ मा एमाले, ५ मा कांग्रेस र ४ को वडाध्यक्षमा कांग्रेसबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका जयराम महत विजयी हुनुभएको छ । पछिल्लो परिणाम अनुसार वडा नं ७ मा एमालेका केशव गुरुङ विजयी हुनुभएको छ । नगरपालिकामा अहिले वडा नं ८ को मतगणना भइरहेको छ । वडा नं ९ को मतगणना बाँकी छ ।

नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । जसमध्ये २४ हजार २४२ मत खसेको थियो । यो कुल मतदाता सङ्ख्याको ७१।३२ प्रतिशत हो । नगरपालिकामा यसअघि कांग्रेसले नगर प्रमुख, उपप्रमुखसहित छवटा वडामा विजयी हासिल गरेको थियो । यसपटक भने काँग्रेसले विगतमा जितेको नगरपालिकाको वडा नं १ र ३, ६ मा हारेको छ । तीनै वडामा एमाले प्यानलसहित विजयी भएको छ । यसअघि राप्रपा निर्वाचित भएको वडा नं २ को अध्यक्षमा पनि यसपटक एमाले विजयी भएको छ । नगरपालिकाका नौ वटा वडामध्ये सात वटा वडाको परिणाम सार्वजनिक भइसकेको छ ।