८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
अ अ+ अ-

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको जारी मतगणनामा नगर प्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसालले आठ हजार १०९ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा उहाँको प्रतिस्पर्धामा नेकपा एमालेका उद्धव विष्टले सात हजार ५३६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेकी सान्नानी लामाले सात हजार ५९० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम नेपाली कांग्रसकी शान्ति नेपालले सात हजार ५५२ मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिनुभयो । नेपाल यसअघि पनि नगर उपप्रमुख हुनुहुन्थ्यो ।

नौवटा वडा रहेको गोकर्णेश्वरमा हालसम्म वडा नम्बर १, २, ३, ६ र ७ मा एमाले, ५ मा कांग्रेस र ४ को वडाध्यक्षमा कांग्रेसबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका जयराम महत विजयी हुनुभएको छ । पछिल्लो परिणाम अनुसार वडा नं ७ मा एमालेका केशव गुरुङ विजयी हुनुभएको छ । नगरपालिकामा अहिले वडा नं ८ को मतगणना भइरहेको छ । वडा नं ९ को मतगणना बाँकी छ ।

नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । जसमध्ये २४ हजार २४२ मत खसेको थियो । यो कुल मतदाता सङ्ख्याको ७१।३२ प्रतिशत हो । नगरपालिकामा यसअघि कांग्रेसले नगर प्रमुख, उपप्रमुखसहित छवटा वडामा विजयी हासिल गरेको थियो । यसपटक भने काँग्रेसले विगतमा जितेको नगरपालिकाको वडा नं १ र ३, ६ मा हारेको छ । तीनै वडामा एमाले प्यानलसहित विजयी भएको छ । यसअघि राप्रपा निर्वाचित भएको वडा नं २ को अध्यक्षमा पनि यसपटक एमाले विजयी भएको छ । नगरपालिकाका नौ वटा वडामध्ये सात वटा वडाको परिणाम सार्वजनिक भइसकेको छ ।