७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामपा–५ मा एमालेका प्रजापति विजयी



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ मा नेकपा (एमाले)को तर्फबाट वीरेन्द्र प्रजापति विजयी हुनुभएको छ । प्रजापतिले नेपाली कांग्रेसका निकटतम् प्रतिद्वन्द्वी रमेश डङ्गोललाई २५३ मतले पछि पार्दै विजयी हुनुभएको हो । प्रजापतिले एक हजार ८१८ मत प्राप्त गर्दा डङ्गोलले एक हजार ५७५ मत पाउनुभएको थियो ।

त्यसैगरी सदस्यमा एमालेको तर्फबाट हरिबहादुर महर्जन र कांग्रेसका विजय कर्माचार्य विजय हुनुभएको छ । महिला सदस्यतर्फ कांग्रेसको मीना सिंह र दलित महिला सदस्यमा आरती सुनुवार विजयी हुनुभएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै प्रमुख पदमा बालेन्द्र शाहले १५ हजार ८७९ मत प्राप्त गर्दा केशव स्थापितले छ हजार ७९० मत प्राप्त गर्नुभएको छ । स्वतन्त्रतर्फबाट उम्मेदवारी दिनुभएको बालेन्द्र शाहले नेकपा ९एमाले०को तर्फबाट प्रमुखमै उम्मेदवारी दिनुभएका स्थापितलाई पछि पारिरहेका छन् । कांग्रेसको तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले छ हजार १२९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

उपप्रमुखमा एमालेको तर्फबाट सुनिता डङ्गोलले १३ हजार ९८ मतले अग्रस्थानमा रहनुभएको छ । उपप्रमुखमा नेकपा ९एकीकृत समाजवादी०का रामेश्वर श्रेष्ठले चार हजार ७४ मत प्राप्त गर्नुभएको छ । हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नं ३, ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ ।

वडा नं १, २, ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ, २ मा एमालेकै तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । कामपाका हाल ३३ हजार ८१३ मतगणना भएको भने जसमा एक हजार २२८ बदर भएको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ ।