२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

३८५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक हुँदा कांग्रेस १७८, अन्यको कति सिट ?



अ+ अ-

काठमाडौं । ७५३ स्थानीय तहमध्ये ३८५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार उक्त तहमध्ये नेपाली कांग्रेस ४६ नगरपालिका प्रमुख १३२ गाउँपालिका अध्यक्ष गरी १७८ तहमा जितसहित पहिलो स्थानमा छ ।

त्यस्तै, २५ नगरपालिका प्रमुख र ८४ गाउँपालिका अध्यक्ष जित्दै एमाले १०९ स्थानीय तहमा विजयी भएको छ ।

नेकपा (माओवादी केन्द्र)ले ७७ तहमा जित हासिल गरेको छ । उसले ६८ वटा गाउँपालिका अध्यक्ष र ९ वटा नगरपालिका प्रमुख जितेको छ ।

त्यसैगरी जनता समाजवादी पार्टी ५ गाउँपालिका अध्यक्षमा निर्वाचित भएको छ ।

नेकपा (एकीकृत समाजावादी)ले एक नगरपालिका प्रमुख जितेको छ भने अन्यले ४ नगरपालिका प्रमुख र ११ गाउँपालिका अध्यक्ष जितेका छन् ।