२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुमपूर्व माओवादीको सबै स्थानीय तहमा निर्वाचित



अ+ अ-

रुकुमपूर्व । रुकुमपूर्वको तीनवटै पालिकामा मत गणनाको कार्य सम्पन्न भएको छ । सबै पालिकाको मत गणनाको कार्य सकिँदा रुकुमपूर्वमा माओवादी केन्द्रले जिल्लाका सै स्थानीय तहमा जित हासिल गरेको छ । माओवादीले भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ भने सिस्ने गाउँपालिकामा अध्यक्षमा जितेको छ । उपाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनले जितेको छ ।

पुथाउत्तरगङ्गा गाउँपालिकाको अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भुपेन्द्रा बुढा भारी मतान्तरले विजयी भइसक्नुभएको छ । चौध वडा रहेको यस गाउँपालिकामा ११ वटा वडामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ भने एकएकवटा वडामा एमाले र कांग्रेसले जित्दा एउटा वडामा एमाले–कांग्रेस गठबन्धनले विजयी हासिल गरेको छ ।

यस्तै भूमे गाउँपालिकामा पनि माओवादी केन्द्रले विजयी हासिल गर्न सफल भएको छ । यस पालिकामा अध्यक्षमा होमप्रकाश श्रेष्ठ र उपाध्यक्षमा सविना बुढा निर्वाचित हुनुभएको छ । नौवटा वडा रहेको यस पालिकाको ८ नं वडामा मात्र कांग्रेसले वडाध्यक्ष जितेको छ । वडा सदस्य सबै माओवादीले जितेको छ । वडा नं ४ मा एमाले–माओवादीको गठबन्धन हुँदा वडाध्यक्ष एमालेबाट र वडा सदस्य माओवादीबाट विजयी भएका छन् । अन्य सबै वडामा माओवादीको प्यानल नै विजयी भएका छन् ।

सिस्ने गाउँपालिकामा पालिका अध्यक्षमा माओवादी केन्द्रबाट कृष्ण रेग्मी निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनबाट गोपाल रेउले निर्वाचित हुनुभएको छ । आठवटा वडा रहेको यस गाउँपालिकामा माओवादीले चारवटा वडा जितेको छ भने एमालेले तीनवटा वडा जित्दा कांग्रेसले एउटा वडा जितेको छ ।रासस




भर्खरै