२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुङलिङ नगरपालिकाको मेयरमा कांग्रेस विजयी



अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अमिर मादेन निर्वाचित भएका छन् ।

गठबन्धनका उम्मेदवार मादेनले दुई हजार ३६७ मतको भारी अन्तरले नेकपा एमालेका छत्रपति प्याकुरेललाई हराउँदै विजय भएका हुन् । उनले ६ हजार १७९ मत प्राप्त गरे । उनका प्रत्यासी नेकपा एमालेका छत्रपति प्याकुरेलले तीन हजार ८१२ मत मात्र प्राप्त गरे । २०७४ सालको निर्वाचनमा विजयी बनेका प्याकुरेल फराकिलो मतले पराजित भएका हुन् ।

त्यस्तै, उपमेयर पदमा भने नेकपा एमालेकी भीमादेवी ओझाले चार सय ३३ मतको अन्तरले विजयी बनेकी छन् । उनले चार हजार २७७ मत प्राप्त गरिन् । ओझाका प्रत्यासी गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार बमबहादुर भट्टराईले तीन हजार ८४४ मत प्राप्त गरे ।

यस्तै नगरपालिकाको ११ वडामध्ये नेकपा एमालेले ३, ४, ७ र ९ वडामा वडाध्यक्ष जितेको छ भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले वडा न.१, ६ र ८ को वडाध्यक्ष जित हात पारेको छ । गठबन्धनकै अर्को दल नेकपा माओवादीले वडा नं. ५, १० र ११ को वडाध्यक्ष जित्दा नेकपा एकीकृत समाजवादी वडा नं. २ मा विजयी बन्यो ।