२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटन नगरप्रमुखमा एमालेका नेपाली पुनः विजयी



अ+ अ-

गलकोट । बागलुङको ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देवकुमार नेपाली पुनःविजयी हुनुभएको छ ।

गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का चन्द्रलाल अर्याललाई ६०० मतले पराजित गर्दै नेपाली दोस्रो कार्यकालको लागि नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । नेपालीले पाँच हजार ७३५ मत प्राप्त गर्दा अर्यालले पाँच हजार १३५ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा गठबन्धनका धनबहादुर कायत विजयी हुनुभएको छ । कांग्रेसका कायतले पाँच हजार ६५० मत प्राप्त गर्नुभएको छ ।

यस्तै वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका बानबहादुर छन्त्याल ६८२, वडा नम्बर २ को अध्यक्षमा राष्ट्रिय जनमोर्चाका भेकबहादुर खत्री ७२८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

वडा नम्बर ३ को अध्यक्षमा एमालेका खिमबहादुर सुनार ५९०, ४ को अध्यक्षमा एमालेका तिलक पुन ९०५, ५ मा एमालेका दीपेन्द्र पुनमगर ७९७, ६ मा एमालेका उमेशकुमार बुढामगर ७८१, ७ मा राष्ट्रिय जनमोर्चाका धनबहादुर अदै ४९७, ८ मा माओवादीका भद्रमणि सुनार ७०९ र वडा नम्बर ९ मा एमालेका खीमबहादुर घर्ती मगर ४०२ मतले विजयी हुनुभएको छ ।




भर्खरै