२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी



अ+ अ-

खलङ्गा । जुम्लाको हिमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । जुम्लामा एक नगरपालिकासहित सात वटा गाउँपालिका गरी आठ वटा स्थानीय तहमध्ये अहिलेसम्म दुईवटा स्थानीय तहका अन्तिम मत परिमाण आएको छ । यहाँको सिंजा क्षेत्र पर्ने हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन् ।

जिल्लाको हिमा गाउँपालिकामा लक्ष्मण शाही विजयी भएका हुन् । शाहीले एक हजार ८७२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा९माओवादी केन्द्र०का अम्मराज शाहीले एक हजार ४२३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि कांग्रेसकी सुर्पना शाही विजयी हुनुभएको छ । उहाँले १ हजार ५१८ मत ल्याउनु भएको छ । उहाँकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४८९ मत ल्याउनु भएको गाउँपालिकामा रहेको निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह २०७४ को निर्वाचनमा हिमामा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष विजयी भएको थियो ।

कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले विजयी गरेको छ । कांग्रेसका अध्यक्ष पदका उम्मेदवार दामोदरप्रसाद आचार्यले दुई हजार ८०६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धनबहादुर रावतले दुई हजार ५६२ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा कांग्रेसकी प्रेमकली बुढाले दुई हजार ३८० मत ल्याएकी थिइन् भने उहाँका निकतम प्रतिस्पर्धी माओवादी केन्द्रकी रीता खत्रीले एक हजार ९४५ मत प्राप्त गर्नुभएको छ । यहाँका तिला, तातोपानी र पातारासी गाउँपालिकामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।