६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोञ्ज्येसोम गाउँपालिका प्रमुखमा एमालेका कृष्णमान विजयी



अ+ अ-

ललितपुर । कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार कृष्णमान लामा र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार राजनप्रसाद घिमिरे विजयी हुनुभएको छ ।

अध्यक्षमा लामाले तीन हजार १०४ मत ल्याएर विजयी हुनुभएको हो । लामाका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का गोपीलाल सिङतानले दुई हजार ५०९ मत ल्याउनुभएको छ ।

गाउँपालिकाका पाँच वडामध्ये दुईमा नेपाली कांग्रेस, दुईमा नेकपा (माओवादी केन्द्र) र एकमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

वडा नम्बर १ चौघरे अध्यक्षमा माओवादी केन्द्रका सन्तलाल तामाङ र वडा नम्बर २ सङ्खुमा एमालेका रोहन लामा, वडा नम्बर ३ दलचोकीमा नेपाली कांग्रेसका तिलक बोम्जन र वडा नम्बर ४ नल्लुमा कांग्रेसका तीर्थ घलान र वडा नम्बर ५ मा माओवादी केन्द्रका विजय तामाङ विजयी हुनुभयो ।