२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर महानगरपालिका: विजय सुवेदीको अग्रता कायमै, रेनु दाहाललाई हालसम्म ४६६९ मत प्राप्त



अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा (एमाले) ले अग्रता बनाएको छ ।

प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले ५८ मतले अग्रता कायम गरेका छन् । उनले ४७२७ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रेनु दाहालले ४६६९ मत प्राप्त गरेकी छन् ।

कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले एक हजार २११४ मत ल्याएका छन् । उपमेयर पदमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५५५७ मतसहित अग्रता बनाएका छन् ।