२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाँदबारी प्रमुखमा गठबन्धन विजयी



अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया विजयी हुनुभएको छ ।

उहाँले आठ हजार ३४ मत ल्याउनुभएकामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले पाँच हजार ५८९ मत ल्याउनुभयो । घिमिरे २०४५ सालको स्थानीय तहको निर्वाचनमा नगरपालिकाको उपप्रमुख हुनुभएको थियो ।

उपप्रमखमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी हुनुभयो । उहाँले छ हजार ३८५ मत प्राप्त गर्नुभएकामा निकटम प्रतिद्धन्दी गठबन्धन तर्फबाट माओवादी केन्द्रका दिब्यराज बरालले पाँच हजार १४७ मत प्राप्त गर्नुभयो ।

खाँदबारीमा वडा नम्बर १,७,८,११ कांग्रेसले, वडा २, ३, ४, ५, ९ र १० नेकपा एमालले जितेको छ भने वडा नम्बर ६ मा माओवादीले जितेको छ ।