८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

वर्षाले छेक्न सकेन विजय उत्सवलाई

वर्षाले छेक्न सकेन विजय उत्सवलाई
अ+ अ-

फुङ्लिङ । गालामा रातो अबीर खादै खादाले भरिएको घाँटी । हातमा पार्टीका झण्डा । सयौँको भीडभाड । वर्षा हुँदा पनि खुसीमा रमाउँदै नाचगान गरेकोे यो दृश्य ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारको हो।

गए रातिदेखि ताप्लेजुङमा वर्षा भइरहेको छ भने शुक्रबार सम्पन्न स्थानीय तहको मतपरिणाम आउने क्रम पनि जारी छ । सदरमुकाम फुङ्लिङमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा विजय उत्सव मनाउनेकोे भीड छ । विजय उत्सवसँगै गीत बजाउँदै र्यालीसहित फुङ्लिङ बजार परिक्रमा गर्नेको भीड पनि लागेको छ ।

फुङ्लिङ नगरपालिकामा ११ वटा वडासहित प्रमुख र उपप्रमुखको विजयमा १२ पटक विजय जुलस निस्किने भएको छ । अहिले छ वटा वडाको मतगणना सम्पन्न भएको र छ पटक नै विजयोत्सवको जुलुसले विभिन्न नारा लगाउँदै फुङ्लिङ बजार परिक्रमा गरेका र अझै विजयोत्सवका जुलुस निस्कने क्रम जारी छ ।

गए रातिदेखि निरन्तर वर्षा भइरको छ । वर्षाले निथ्रुकै भिजेर पनि खुसीयालीका साथ नेता, कार्यकर्ता र जनसमुदायसमेत विजयोत्सवमा सहभागी हुँदै आएका छन् । सदरमुकाममा मात्र होइन जिल्लाको नौ स्थानीय तहको केन्द्रमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयको परिसरमा पनि विजयोत्सव मनाउँनेको भीड उस्तै छ ।

फक्ताङलुङ गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय प्राप्त गरेसँगै यतिखेर विजयको उत्सव मनाउनेको भीड लागेको छ । सो गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्ध रहेको थियो ।

उता मेरिङदेन गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएपछि विजयोत्सव मनाउन थालिएको छ । उपाध्यक्षमा एकीकृत समाजवादी विजयी भएको छ । वडाध्यक्षमा विजय भएसँगै वडा–वडामा समेत विजयोत्सव मनाउन सुरुभएको छ ।
सात स्थानीय तहमा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

४० वडाको मतपरिणाम सार्वजनिक

ताप्लेजुङ जिल्लामा नौ स्थानीय तहमा ६१ वडा रहेकोमा ४० वटा वडाको मतमरिणाम सर्वजनिक भएको छ । शुक्रबारदेखि सुरुभएको मतगणनामा अहिलेसम्मम ४० वटा वडाको मतगणना सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

४० वटा वडाको मतपरिणाम सार्वजनिक हँुदा नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले १९ वटा वडामा विजयी भएको छ भन माओवादी केन्द्र छ वटा वडामा विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तेह्र वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने एकीकृत समाजवादी पार्टीले एक र स्वतन्त्रबाट एकजना वडाध्यक्षमा विजयी भएका छन् । अब सात स्थानीय तहका साथै २१ वडाको मतपरिणाम आउँन बाँकी रहेको छ ।