६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथरको कुम्मायकमा गठबन्धनका लावती र खड्का विजयी



अ+ अ-

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

कुम्मायक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बमप्रसाद लावती र उपाध्यक्षमा माओवादी केन्द्रमा महेन्द्रबहादुर खड्का विजयी हुनुभएको हो ।

अध्यक्ष पदमा लावतीले तीन हजार ५७ मत प्राप्त गर्दा एमालेका सम्बाहाम्फेले दुई हजार ९०० मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा खड्काले दुई हजार ७५८ मत प्राप्त गर्दा आचार्यले दुई हजार ७२४ मत प्राप्त गर्नुभयो ।

यहाँ राप्रपाले अध्यक्ष पदमा २३३ र उपाध्यक्ष पदमा २२६ मत प्राप्त गरेको छ । यहाँअध्यक्ष पदमा ५०० तथा उपाध्यक्ष पदमा एक हजार १२ मत बदर भएको छ ।