२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरको प्रमुखमा कांग्रेसका कोइरालाको अग्रता



अ+ अ-

मोरङ । विराटनगर महानगरपालिकाको प्रमुख पदमा आज प्राप्त पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहनुभएको छ ।

मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले चार हजार ९९६, नेकपा एमालेका सागर थापाले तीन हजार ५१८ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले एक हजार ६१९ मत प्राप्त गर्नुभएको बताउनुभयो ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेका शिल्पा निरौला कार्कीले तीन हजार ९९६, गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले दुई हजार ९३३, राप्रपाका विन्दाकुमारी लुइँटेल आचार्यले ९६५ मत प्राप्त गर्नुभएको छ । विराटनगर वडा नं १७ को वडाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका समिम कमर मियाँले एक हजार ४५० मत ल्याएर विजयी हुनुभएको छ । यस्तै १९ को वडाअध्यक्षमा एमालेका श्याम घिमिरेले ९८७ मत ल्याएर विजयी हुनु भएको छ ।