८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

बागलुङको ४५ वडाको मतपरिणाम : गठबन्धनको अग्रता

बागलुङको ४५ वडाको मतपरिणाम : गठबन्धनको अग्रता
अ+ अ-

गलकोट । बागलुङका १० पालिकाका ८५ मध्ये तीन पालिकासहित ४५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम हेर्दा गठबन्धनको अग्रता कायमै छ । सार्वजनिक मध्ये १८ मा कांग्रेस, १३ मा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा ७, नेकपा एमालेले ६ र नेकपा एसले १ वटा वडामा जित हासिल गरेको छ ।

गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको सम्पूर्ण मतपरिणाम आइसकेको छ जसमध्ये गठबन्धनका उम्मेदवारले विजयी हासिल गरेका छन् भने गलकोटको ११ नं वडामामात्रै एमाले विजयी भएको छ ।

गलकोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका भरत शर्मा गैरै र उपप्रमखुमा माओवादी केन्द्रका फमलाल न्यूरे निर्वाचित हुनुभएको छ । ११ वडा रहेको नगरपालिकामा एक वडाबाहेक गठबन्धका दलहरुले विजयी प्राप्त गरेका छन् । कांग्रेस २, ३, ४, ५, ८,९ र १० नं मा विजयी भएको छ भने माओवादीले ६ र ७, राष्ट्रिय जनमोर्चाले १ र ११ नं वडा नेकपा एमालेले जितेको छ ।

यस्तै तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा नेपाली कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्षमा हीराकुमारी छन्त्याल विजयी हुनुभएको छ । ६ वडाको तमानखोलामा १, २, ४ मा माओवादी केन्द्र विजयी भएको छ भने ३, ५ र ६ वडामा कांग्रेस विजयी भएको छ । यस्तै ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादीका धनबहादुर विक र उपाध्यक्षमा कांग्रेसका भीमबहादुर रोका विजयी हुनुभएको छ । पाँच वडाको ताराखोलामा सबै वडा माओवादीले जितेको छ ।

ढोरपाटन नगरपालिकामा मतगणना चलिरहँदा हालसम्म ४ वडाको मतपरिणाम सार्वजनिक भएको छ । ९ वडा रहेको नगरपाकिलामा हालसम्म चार वडाको मतपरिणम सार्वजनिक भएको छ । जसमध्ये ९, ६ नं वडामा एमाले, ७ मा राष्ट्रिय जनमोर्चा र ८ मा माओवादी केन्द्रले जितेको छ ।

निसीखोला गाउँपालिकाको सातमध्ये चार वडाको मतपरिणाम सार्वजनिक भएको छ । जस्मा १ र ४ नं वडा कांग्रेस, २ नं वडा माओवादी र ३ मा राष्ट्रिय जनमोर्चाले जित हासिल गरेको छ । बडिगाड गाउँपालिकामा हालसम्म दुई वडाको मात्रै मतपरिणाम सार्वजनिक भएको छ ।

१० वटा वडा रहेको गाउँपालिकामा वडा नं १ मा राष्ट्रिय जनमोर्चा र १० मा माओवादी केन्द्रले जितेको छ । काठेखोला गाउँपालिकाको ३ वडाको मतपरिणाम सार्वजनिक भएको छ । ८ वडा रहेको गाउँपालिकामा १ नं मा कांग्रेस, २ र ३ नं वडामा एमाले विजयी भएको छ । जम्मा १४ वडा रहेको बागलुङ नगरपालिकामा हालसम्म ४ वडाको मतपरिणाम सार्वजनिक भएको छ । १, १४ र १३ मा कांग्रेस, २ नं नेकपा (एकिकृत समाजवादी) विजयी भएको छ । यस्तै १० वडाको जैमिनी नगरपालिकामा हालसम्म तीन वडाको मतपरिणाम आएको छ । जसमध्ये वडा नं ९ मा एमाले, १० मा राजमो र ८ मा कांग्रेस विजयी भएको छ ।

यस्तै ५ वडा रहेको बरेङ गाउँपाकिलामा हालसम्म तीन वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ५ नंमा कांग्रेस र १ र २ नं वडामा राजमोले जितेको छ ।