८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

धनुषाको सात वडामा कांग्रेस विजयी

धनुषाको सात वडामा कांग्रेस विजयी
अ+ अ-

धनुषा । धनुषाको बिभिन्न पालिकाका ११ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये नेपाली कांग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी)ले दुई तथा नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक÷एक स्थानमा विजयी भएका छन् ।

कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १ र २ सहित मिथिला नगरपालिकाको वडा नम्बर १, धनुषाधाम नगरपालिका नम्बर १, मिथिला बिहारी नगरपालिकाको वडा नम्बर १, सबैला नगरपालिका वडा नम्बर १ र बटेश्वर गाउँपालिका–१ को वडाध्यक्षमा जित हासिल गरेको छ ।

एकीकृत समाजवादीले जनकनन्दनी गाउँपालिका–१ र मिथिला नगरपालिका–१ को वडाध्यक्षमा विजयी हुँदा नेकपा माओवादी केन्द्रले कमला नगरपालिका–१ र तराई मधेश लोकतान्त्रिक पार्टीले जनकपुरधाम उपमहानगरपालिका–३ को वडाध्यक्ष जितेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–३ को वडाध्यक्षमा तमलोपाका दीपेन्द्रकुमार साह २७६ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

यस्तै जनकपुरधाम उपमहानगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका शिवकुमार साह ६११ मत प्राप्त गरी विजयी भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका अशोक कुमार गुप्ताले २९५, एमालेका सन्तोषकुमार साहले १५७ मत प्राप्त गरेका छन् ।

यसअघि जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव (दिपु) विजयी भएको थियो । यस्तै धनुषाको मिथिला नगरपालिका–२ मा एकीकृत समाजवादीका बिहारी महतो एक हजार १२९ मत प्राप्त गरी विजयी भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी कांंग्रेसका उम्मेदवार मनोजकुमार सिंहले ९९३ मत ल्याए ।

धनुषाको मिथिला नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका जोगी महतो ७६५ मतसहित निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी महतो ६५८ मत प्राप्त गरे । धनुषाको मिथिला –२मा एकीकृत समाजवादीका बिहारी महतो एक हजार १२९ मतका साथ विजयी भएको निर्वाचन अधिकृत दीपक धितालले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनोजकुमार सिंहले ९९३ मत प्राप्त गरे । धनुषाधाम १ को वडाध्यक्षमा कांग्रेसका विश्वनाथ यादव ६०८ मतका साथ विजयी हुनुभएको छ । धनुषाको मिथिला बिहारी –१ को वडाध्यक्षमा कांग्रेसका रामसोभित दाहा विजयी भएका छन् ।

धनुषाको बटेश्वर गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा पनि कांग्रेसका अशोककुमार महतो ५५२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रामअशिष महतोले ३९० मत प्राप्त गरेको निर्वाचन अधिकृत उद्धव ढोडारीले बताए ।

धनुषाको कमला नगरपालिका–१ को वडाध्यक्षमा माओवादीका सर्वदेव यादव निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनको जारी मतगणना अनुसार यादवले ९९१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत धर्मअवतार कोइरालाले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राजकुमार यादवले ५६५ मत प्राप्त गरेको जनाएको छ ।

त्यस्तै धनुषाको सबैला नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका मिथिलेश साह निर्वाचित भएका छन् । धनुषाको जनकनन्दनी गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा एकीकृत समाजवादीका सन्तोष गोइत निर्वाचित भएका छन् ।

उनले ४१२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवनाथ मैरता यादवले ३२४ मत ल्याएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए ।

स्वतन्त्र उम्मेदवारको अग्रता
जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता लिइरहेका छन् ।

उनले दुई हजार ६३६ मतका साथ अग्रता कायम राखेको छ भने एमालेका उम्मेदवार शिवशङ्कर साहले एक हजार ४९ मतका साथ उनलाई पच्छ्याइरहेका छन् ।

यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ६६२ मत, लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ४०३ तथा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार जसपाका लालकिशोर साहले ३४२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

कूल २५ वडा रहेको उपमहानगरपालिको वडा नम्बर १, २ र ३ को अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ भने वडा नम्बर ४ को गणना जारी रहेको मुख्य निर्वाचन उनले बताए ।