२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा एमालेका पुडासैनी निर्वाचित



इन्द्रसरोवर गाउँपालिकाका निर्वाचित अध्यक्ष र उपाध्यक्ष ।
अ+ अ-

हेटौंडाः मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । प्राप्त मतगणना विवरण अनुसार पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार देवकृष्ण पुडासैनी निर्वाचित हुनु भएको हो ।

पुडासैनी ३ हजार ७२२ मतका साथ अध्यक्षमा निर्वाचित हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वलाल लामाले मत ३ हजार ४७२ मत ल्याउनु भएको छ । पुडासैनीले लामालाई २५० मतान्तरले पराजित गर्नु भएको हो ।

उपाध्यक्षमा एमालेकै उमाकुमारी लामा ३ हजार ७२५ मतले निर्वाचित हुनु भएको छ । उहाँका निकट प्रतिस्पर्धी कांग्रेसका निर्मला लामाले ३ हजार ६६५ मत प्राप्त गर्नु भएको थियो ।

यसअघि भीमफेदी गाउँपालिकाको अध्यक्षमा पनि एमालेकी हिदम लामा निर्वाचित हुनु भएको छ ।