१० असार २०८३, बुधबार
,
Latest
इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार दिनमा झन्डै ५,३०० रुसी सैनिकको मृत्यु भएको युक्रेन सरकारको दाबी



अ+ अ-

बीबीसी । युक्रेनको रक्षा मन्त्रालयले रुसले आक्रमण गरेपछि भएको सङ्घर्षमा सुरुका चार दिनमा ५,००० भन्दा बढी रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ।

फेसबुकमा प्रकाशित विज्ञप्तिमा युक्रेनमा झन्डै ५,३०० सैनिकको ज्यान गएको तथा १९१ वटा रुसी ट्याङ्क, २९ वटा लडाकु विमान, २९ वटा हेलिकप्टर र सैनिकहरू बोक्ने ८१६ वटा वाहन नष्ट पारिएको दाबी गरिएको छ।

बीबीसीले यी दाबीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।

यद्यपि यूकेको रक्षा मन्त्रालयका अनुसार द्वन्द्वको प्रारम्भिक चरणमा रुसतर्फ ठूलो सैन्य क्षति भएको छ।

रुसी रक्षा मन्त्रालयले आफ्नो पक्षमा पनि क्षति भएको स्वीकारोक्ति गरेको भोलिपल्ट युक्रेनले यस्तो दाबी गरेको हो। तर रुसले आफूतिर भएको मानवीय क्षतिको कुनै विवरण दिएको छैन।

संयुक्त राष्ट्रसङ्घीय पर्यवेक्षकहरूले युक्रेनमा भएका सङ्घर्षहरूमा कम्तीमा ९४ जना गैरसैनिक नागरिकको मृत्यु भएको जनाएका छन्।

राष्ट्रसङ्घका अनुसार रुसी आक्रमणले युक्रेनमा गम्भीर मानवीय समस्या सिर्जना गरेको छ। उसले युद्धमा मर्ने मानिसको सङ्ख्या निकै धेरै भएको हुनसक्ने जनाएको छ।