२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल वायुसेवा निगमका कर्मचारीले रोकिएको पारिश्रमिक पाउने



अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले सोमवारदेखि पाउने भएका हुन् ।

विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेर पारिश्रमिक दिने निधो गरिएको उनको भनाइ छ । नेपाल वायुसेवा निगमका कर्मचारीहरू गत असार १८ गतेदेखि आन्दोलनरत छन् ।

झन्डै २ साताको प्रयासपछि शुक्रवारको छलफलमा कर्मचारीले रोकिएको तलब पाउने निर्णय भएको उनले बताए । ‘कर्मशील एवं इमानदार कर्मचारीको जीवन निर्वाहमा कठिनाइ परिरहेको अवस्थालाई ध्यानमा राखेर हालसम्मको सम्पूर्ण पारिश्रमिक भुक्तानी दिने निर्णय गरिएको छ,’ उनले भने, ‘सो निर्णयअनुसार आन्दोलनरत कर्मचारीले पनि पारिश्रमिक पाउनेछन् ।’

निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने तयारी हुँदै गर्दा त्यहाँ कार्यरत कर्मचारी आन्दोलित बनेका हुन् । निगमलाई कम्पनी मोडलमा लैजान नहुने मागसहित आन्दोलन थालेको झन्डै ३ महीना बितिसक्दा समेत सहमतिको टुंगो लागेको छैन । आन्दोलन स्थगित गर्न बसेका भएका छलफल निष्कर्षविहीन बनेका छन् । कर्मचारीको आन्दोलनका कारण निगमले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम समेत पारित गर्न सकेको छैन ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।