५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गन्यापधुरा र अमरगढीमा कांग्रेसलाई पछ्याउँदै कांग्रेस (बीपी)



अ+ अ-

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।

यहाँ नेकाको असन्तुष्ट समूहले नेतृत्व गरेको कांग्रेस (बीपी)ले पछ्याइरहेको छ ।

कांग्रेसका तर्फबाट अध्यक्षका प्रत्यासी ईन्द्रबहादुर कार्कीले ५०० मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४५२ मत ल्याएर अग्रता लिएकी छन् ।

कांग्रेस (बीपी)का अध्यक्ष उम्मेदवार सुरेन्द्रबहादुर मालीले २७६ मत ल्याएका छन् । उपाध्यक्षमा भने एमालेका ईन्द्रबहादुर महराले २७५ मत ल्याएर दोस्रो स्थानमा छन् । माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार चन्द्रबहादुर मल्लले १४० मत ल्याएर तेस्रो स्थानमा छन् ।

यो पालिकामा कांग्रेसविरुद्ध नेपाली कांग्रेस (बीपी) र एमालेले चुनावी तालमेल गरेका थिए ।

डडेल्धुराकै अमरगढी नगरपालिकामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ । ५०५ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज जोशीले २३४ मत पाएका छन् ।

उनलाई नेपाली कांग्रेस (बिपी)का उम्मेदवार हरिप्रसाद भट्टले पछ्याइरहेका छन् । उनले २०४ मत पाएका छन् ।

उपप्रमुखमा कांग्रेसका पार्वतीदेवी झुकालले २३७ मत ल्याएर अग्रता लिएका छन् । उनलाई एमालेका यज्ञराज अवस्थीले २०२ मतसहित पछ्याइरहेका छन् ।