४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै

नेप्सेमा बिहीबार दोहोरो अङ्कले ओरालो

नेप्सेमा बिहीबार दोहोरो अङ्कले ओरालो
अ+ अ-

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८.६४ अङ्कले ओरालो लागेर दुई हजार ३५०.४२ मा ओर्लेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७० अङ्कले घटेर ४५३.९६ मा पुगेको छ । कूल २२८ कम्पनीको ५२ लाख २७ हजार ३५९ कित्ता शेयर रु दुई अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७३ मूल्यमा खरिद बिक्री भए । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ४३ अर्ब ५५ करोड ६९ लाख ७० हजार बराबर रहेको छ ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ । उत्पादन ८०.२५ र अन्य उपसमूह ७.३९ अङ्कले उकालो लागेको छ । त्यस्तै बैंकिङ १.७३, व्यापार २९.५६, होटल तथा पर्यटन ३४.७७, विकास बैंक ८९.०२, जलविद्युत् ५३.७२, वित्त ९.९, निर्जीवन बीमा ८३.३८, लघुवित्त ७४.५७, जीवन बीमा २५७.१४, सामूहिक लगानी कोष ०.१८ र लगानी १.३७ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड १० लाख ६७ हजार ४१८ बराबरको कारोबार भयो । त्यस्तै राधी विद्युत् कम्पनी रु आठ करोड १० लाख ३४ हजार ९५७, अरुण भ्याली हाइड्रोपावर कम्पनी रु आठ करोड आठ लाख २४ हजार ८७८, प्राइम लाइफ इन्स्योरेन्स रु सात करोड ८३ लाख ९० हजार ७९२ र नयादी ग्रुप अफ पावर रु सात करोड ४१ लाख ८५ हजार २५० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार बिहीबार पनि जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । तेह्रथुम पावर कम्पनी ६.२०, युनियन हाइड्रोपावर ५.२२, शिवम् सिमेन्ट ५.१७ र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले ३.९७ प्रतिशतले कमाए ।

त्यस्तै सूर्योदय बोमी लघुवित्त १०, प्राइम लाइफ इन्स्योरेन्स ७.६३, युनियन लाइफ इन्स्योरेन्स ६.९६, गुराँस लाइफ इन्स्योरेन्स ५.८३ र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ५.१३ प्रतिशतले गुमाए ।