• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   च्याम्पियन्स लिगः बायर्न र रियलले बराबरी खेले ★   एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते ★   उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा ★   सप्तरीको चिम्टीमा भीषण आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर ★   आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान ★   डोल्पाका सबै सांसद मन्त्री ★   जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो ★   टी–२० विश्वकपका लागि बटलरको कप्तानीमा इंग्ल्याण्डको टोली घोषणा ★   भारतीय पूर्व अलराउन्डरले दुखी हुँदै भने – रिंकु सिंहमाथि अन्याय भयो

नेप्से परिसूचक उच्च अंकले वृद्धि



काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

साताको पहिलो कारोबार आइतबारबाट वृद्धि हुन लागेको नेप्से मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार नेप्से परिसूचक ४४.१६ अंकले वृद्धि भएर २३१३.०० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६७ अंक, फ्लोट इण्डेक्स ३.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९३ अंकले बढेको छ । मंगलबार कारोबारमा आएका २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर १अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार १ अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार रकममा भने सोमबारको तुलनामा मंगलबार सामान्य गिरावट आएको छ ।

नेप्सेका १३ वटा उपसमूहमा सबैमा हरियाली छाएको छ । जलविद्यूत उपसमूहको सूचक सबैभन्दा धेरै ३.८० प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको ३.२७ प्रतिशत बढेको छ । विकास बैंक, अन्य, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । त्यस्तै, बाँकी बैंकिङ, होटल तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन,लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशत भन्दाबढीले बढेको छ भने व्यापार र म्यचुयल फण्ड उपसमूहको सूचक ० प्रतिशत भन्दा बढीले बढेको छ ।

मंगलबार तीन वटा कम्पनीको शेयर कारोबार सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनी, बरुण हाइड्रो पावर र जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, युनिभरसल पावर कम्पनी, दिव्यश्वरी हाइड्रो पावर र नेशनल हाइड्रो पावर कम्पनीको शेयर मूल्य ९ प्रतिशतले बढेको छ । यता, उन्निती सहकार्य लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै २.५२ प्रतिशतले घटेको छ भने गुँरास लघुवित्तको १.६१ प्रतिशत र तारागाँउ रिजेन्सि होटलको १.५४ प्रतिशतले घटेको छ ।

मंगलबार ङादी ग्रुप पावरको सबैभन्दा धेरै ९ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको ४ करोड २५ लाख र नेपाल दुरसञ्चार कम्पनीको ३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।