२ पुष २०८२, बुधबार
,
Latest
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपालका लागि मात्र एमसिसी संशोधन हुन सक्दैन’



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालका लागि मात्र संशोधन हुन नसक्ने बताएका छन्। 

संयुक्त राष्ट्रसंघको ७६औं महासभामा सहभागी हुन अमेरिका पुगेका खड्काले गैरआवासीय नेपाली संघ रन्युयोर्कस्थित महावाणिज्य दूतको कार्यालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा एमसिसी स्ट्यान्डर्ड फ्रम्याटमा बनाइएको सम्झौता भएको बताए। एमसिसी नेपालका लागि मात्र नभएरसबै देशका लागि एउटै शैलीमा बनाइएको सम्झौता भएको उनको भनाइ थियो।

खड्काले एउटा देशले यो प्रावधान हटाइदेऊ भन्दा अन्य देशले पनि हटाउन आग्रह गर्ने भएकाले एमसिसी सम्झौता गरेका अन्य मुलुकमा पनि यसको असरपर्ने बताए। ‘नैतिक समस्या के छ भने हामीले यसमा सहीछाप गरिसकेका छौं। सम्झौता गर्नुभन्दा पहिले किन नहेरेको त’, उनले प्रश्न गरे। 

मन्त्री खड्काले एमसिसी नेपाल सरकारकै आग्रहमा आएको अनुदान सहयोग भएको बताए। उनले एमसिसीमा सबै दलको सहयोग रराष्ट्रिय सहमति भएमा मात्र अघि बढाउने बताए। ‘यसमा धेरै सैद्धान्तिक विषय छन्। यसलाई सामाजिक सञ्जालहरूले तल्लो तहसम्म लगेरविवादित बनाउने काम गरे। भारतलाई किन सोध्ने भन्ने कुरा पनि छ। भारतले किन्छ कि किन्दैन भन्ने कुरा त सोध्नु पर्यो नि’, उनले भने।

एमसिसीका बारेमा तल्लो तहमा गलत भाष्य सिर्जना गरिएको बताउँदै उनले आफू गाउँमा जाँदा जनताले यो सम्झौता कार्यान्वयन गर्नुहुँदैन भन्ने गरेको सुनाए।  

यो समाचार आजको नागरिक दैनिकमा छ ।