७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनिले गरेको फोहर गरीबको आँगनमा फाल्ने राजनीतिक कहिले सम्म ?



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालीकाको प्रमुखका लागि ५६ जना प्रत्यासीहरु चुनावी मैदानमा रहेका छन् । यति बेला तिनै ५६ जना उम्मेदबारहरु कुनै न कुनै रुपमा आफ्ना एजेण्डाहरु मतदाता समक्ष पुर्योउनका लागि निकै व्यस्त रहेका छन् ।

यीनै ५६ जना उम्मेदबार मध्येका एक हुन् स्वतन्त्र उम्मेदवार सुशील थापा क्षेत्री । स्वास्थ्य क्षेत्रको व्यस्थापकिय लामो अनुभब सगालेका थापाको बुझाईमा राजनीति भनेको चुनाबको जितहार मात्र होईन कुशल व्यवस्थापनमा कसरी सञ्चालन गर्ने भन्ने हो ।

चुनाबको चटारोका बिच केही समय सम्पर्क कार्यलयमा भेटिएका थापाले न्यूजपोलारसंग भन्नुभयो “प्रचुर सम्भाबनाका बिच पनि यो भद्रगोल अस्तव्यस्त अबस्था देख्दा यस्तो हुटहुटी जाग्यो अनि म मैदानमा ओर्लिए ।’

थापाले भन्नुभयो “सुन्दर सास्कृतिक सहर फोहरले छोपेको छ , नागरिकले स्थानिय सरकार छ भन्ने सहज अनुभूति समेत गर्न पाएका छैनन यी र यस्तै यावत समस्याहरु सहित महानगरको दुर्दशा कहिले सम्म हेर्ने? समय आएको छ परिवर्तनको त्यसैले मैदान आए ।”

उनै थापासंग गरिएकाे  कुराकानीमा आधारित-

काठमाडौँ अत्यन्त बिरामी छ, पीडामा छ । सबैले काठमाडौँमाथि अधिकार जमाउन खोजे तर काठमाडौँलाई नै चाहिँ कस्तो छ भनेर कसैले सोधेनन् । मेरो स्वतन्त्र उम्मेदवारीको कारण नै काठमाडौँको पीडालाई कम गर्नु हो ।

काठमाडौँ जिउँदो देवी कुमारी बस्ने स्थान पनि हो । प्रदूषणका कारण कुमारीको फोक्सो कालो भएको छ । नदीनाला फोहोर हुँदा हामीमा बगेको रगतमा पनि फोहोर बगिरहेको छ ।

नेवारी सभ्यता, बागमती सभ्यता, मल्लकालीन, लिच्छवीकालीन सभ्यतादेखि पृथ्वीनारायण शाहले मुलुक एकीकरण गर्दादेखिको काठमाडौँ अहिले आक्रान्त भएको छ । काठमाडौँको संस्कृति र सभ्यताका धरोहरहरु मासिने क्रममा छन् । कुनै नियोजितरुपमा मासिएका छन् भने कुनै प्राकृतिक कारणले पनि मासिएका छन् । तर धेरै जसो हाम्रै कारणले मासिएका छन् ।

समग्रमा काठमाडौँको सिस्टम बिग्रेको छ । मेरो उम्मेदवारी भनेको मलाई उपयोग गर्नुस् । म सिस्टमको एक्सपर्टाइज गर्छु । सिस्टमलाई ओभरहलिङ गर्ने मेरो ३० वर्षदेखिको एक्स्पर्टिजलाई मेरो व्यवसाय र समाजसेवामा प्रयोग गरिरहेको छु ।

स्वस्थ काठमाडौँले व्यापक महत्व बोकेको छ । काठमाडौँलाई तङ्ग्र्याउन वातावरणमा सुधार गर्नु जरुरी छ । काठमाडौँलाई स्वस्थ बनाउन लादिएको विकास नभई हामीले खोजेको विकास र रोजगारी सिर्जना गर्नुछ ।

काठमाडौँमा थोरै पैसामा धेरै जनाले रोजगारी पाउने र अलि धेरै तलब पाउने कृषि, सेवा व्यवसाय, पर्यटन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधिसँग सम्बन्धित व्यवसाय गर्न सकिन्छ ।

काठमाडौँको संस्कृति र सम्पदा जोगाउन जरुरी छ । किनभने संस्कृति र सम्पदा नै काठमाडौँ हो । कसैले काठमाडौँलाई रुपान्तरण गरौँ भनिरहनुभएको छ, कोही मुहार फेरौँ भन्दै हुनुहुन्छ, कोही म यसलाई स्वीट्जरल्यान्ड बनाउँछु भन्दै हुनुहुन्छ, कोही इटाली बनाउँछु भन्नुहुन्छ । म नेपाल स्वीस चेम्बर अफ कमर्सको उपाध्यक्ष पनि हुँ ।

जसले स्वीट्जरल्याण्ड बनाउँछु भन्दै हुनुहुन्छ उहाँहरुलाई स्वीट्जरल्याण्ड कस्तो छ भन्ने थाहा छैन । कि काठमाडौँ के हो कस्तो भन्ने थाहा छैन । स्वीट्जरल्याण्ड स्वीट्जरल्याण्ड हो, काठमाडौँ काठमाडौँ नै हो । तपाइँ कहिले पनि काठमाडौँलाई स्वीट्जरल्याण्ड बनाउन सक्नुहुन्न ।

काठमाडौँ संस्कृति विविध संस्कृति, झाँकी, मन्त्र, जात्राबाट व्यवस्थित छ । त्यसलाई प्रमाणित गर्ने धेरै धरोहर छन् । यस्ता किसिमको सफ्टवेयरको म्यानेजमेन्ट, त्यस्तो किसिमको संरचनाको म्यानेजमेन्ट नगरिकन संस्कृति र सम्पदा बचाउँछु भनेर जसले भने पनि नपत्याए हुन्छ । त्यस्तो भएको भए ३० वर्षसम्म काठमाडौँको संस्कृति र सम्पदामा यत्रो विधि हडप हुँदैनथ्यो ।

समग्रमा काठमाडौँको सेवा र सुरक्षा, वातारण, विकास र व्यवसाय, रोजगार प्रवद्र्धन र संस्कृति र सम्पदालाई सिस्टममा ढाल्नुपर्छ । त्यसबाट निस्कने काठमाडौँको आउटपुट सफा र सुरक्षित, सभ्य र भव्य हुन्छ ।

काठमाडौँले पर्यावरण र जलवायु परिवर्तनका मुद्दामा मोडेल सहरको रुपमा विभिन्न विकसित सहरहरुसँग सम्बन्ध राखेर नेपालकै मार्केटिङ ब्रान्डिङ गर्न काठमाडौँ सक्षम हुनुपर्छ ।

काठमाडौँ राम्रो बनाउन सिस्टम सुधार गर्नुपर्छ । सिस्टम सुधार्न सिस्टम एनालिस्ट चाहिन्छ । प्रोसेस मिलाउने मान्छे चाहिन्छ । लोडसेडिङ हटाउन प्रमुख भूमिका निर्वाह गर्ने कुलमान घिसिङ जस्तो मान्छे काठमाडौँ महानगरपालिकालाई चाहिएको छ जसले म्यानेजमेन्ट गर्न सकोस् ।

अहिले पनि महानगरपालिकाको २० अर्ब स्रोतमा ८ अर्ब रुपैयाँ त बैंकमा रहेको छ । ७ अर्ब बेरुजू छ । २ अर्ब ३४ करोड मसलन्दमा खर्च छ । सोध्न गयो भने केहीको पनि स्पष्ट जबाफ दिन सक्दैनन् ।’

काठमाडौँ महानगरपालिकाको अबको बजेटको ४० प्रतिशत बजेट मेरो म्यानेजमेन्टमा स्वास्थ्यसँग सम्बन्धित धेरै शीर्षकमा जानेछ । महानगरपालिकामा करिब १५ वटा एक्सपर्टिजको अति नै महत्वपूर्ण काम छ । संस्कृति, नेवार समुदायको समस्या, फोहोर मैलाको व्यवस्थापन, नदी सरसफाइजस्ता कुरामा धेरै एक्सपर्टिजको सहायताले काठमाडौँ महानगरपालिकालाई पुन जीवन दिन जरुरी छ ।

हामी धेरै कुरामा उल्टो दिशामा गइरहेका छौँ । अहिलेका उम्मेदवारहरुले पनि विगतकै जस्तो फोहोर मैलाको समस्या समाधान गर्छु भन्नुभएको छ जुन गलत हो । काठमाडौँको फोहोर सिसडोल र बञ्चरेडाँडामा लगेर फ्याल्नु समाधान हो त रु फोहोर त्यसरी जम्मा गर्ने होइन । डम्पिङ साइट कुनै समाधान होइन ।

हामीले जिरो फोहोर मैला अवधारणमा लानुपर्छ । बाँकी उम्मेदवारले फोहोरबाट मोहोर आउने कन्फ्युज कुरा गर्नुहुन्छ । जिरोबेस म्यानेजमेन्ट सिस्टममा रिसाइकल गरेर पैसा निकाल्न सकिने वस्तुहरु (काठ, प्लास्टिक, रबर, धातु, सिसा आदि) प्रयोग गर्न सकिन्छ । बचेको वस्तुहरु कुहिने भान्छाका हुन्छन् तिनीहरुबाट मल निकाल्न सकिन्छ । अरुलाई बण्डल गरेर बिक्री गर्ने वा रिसाइकल गर्न सकिन्छ । यति गरेपछि फोहोर केही पनि बच्दैन ।

२०७२ सालको भूकम्पका बेला ८० हजार ‘ब्लड व्याग्स’ को व्यवस्था गरेको थिएँ । त्यसको व्यवस्थापन राम्ररी नभएको भन्ने सुनेपछि निकै दुःख लाग्यो । कोभिड–१९ को बेला पनि सरकारले किनेको ‘कोभिड टेस्टिङ किट्स’हरुले काम गरेन ।

अनि मैले रोस डायग्नोस्टिक कम्पनी जहाँ काम गर्थेँ त्यहाँबाट ३० हजार ‘टेस्टिङ किट्स’ ल्याएर हस्तान्तरण गरेपछिमात्र पीसीआर परीक्षण वास्तविक रुपमा अगाडि बढ्यो । तर, त्यसको कार्यान्वयनका बेला मैले पुरै अव्यवस्थापन देखें । महानगरपालिकामा महामारीका बेला काम गर्ने व्यवस्थापकीय क्षमता एकदम कमजोर पाएँ ।