५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

विराटनगर विमानस्थलमा आगोको ठूलो मुस्लो सहितको धुँवा, वारुणयन्त्र र एम्बुलेन्सको साइरन…

‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यास सम्पन्न

विराटनगर विमानस्थलमा आगोको ठूलो मुस्लो सहितको धुँवा, वारुणयन्त्र र एम्बुलेन्सको साइरन…
अ+ अ-

विराटनगर । विराटनगर विमानस्थलमा आज बिहान आगोको ठूलो मुस्लोसहितको धुँवा, वारुणयन्त्र र एम्बुलेन्सको साइरनले यस क्षेत्रका वरिपरि बस्ने नागरिकलाई ठूलो दुर्घटना भएको आशङ्काले त्रसित बनाएको थियो ।

विमानस्थलमा आज बिहान गरिएको ‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यास कार्यक्रमले यस क्षेत्रका वरिपरि बस्ने नागरिकलाई ठूलो दुर्घटना भएको आशङ्काले त्रसित बनाएको थियो । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यास गरिएको नागरिक उड्ययन कार्यालय विराटनगरले जनाएको छ ।

यो अभ्यासका क्रममा विमानस्थल वरिपरिको आकाशमा धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देखिएको थियो । ‘विमानस्थल सङ्कटकालीन’ पूर्वअभ्यास गरिएको थाहा पाएपछि स्थानीयवासीले राहत गरेका थिए । विराटनगरबाट उडान भरेको विमान आकाशमा चरासँग ठोक्किदाँ पुनः विराटनगर आकस्मिक अवतरणको क्रममा भएको दुर्घटनामा यात्रुहरुलाई उद्धार, उपचार र अस्पतालसम्म पु¥याउने कार्यक्रमको पूर्वअभ्यास गरिएको नागरिक उड्ययन कार्यालयले जनाएको छ ।

पूर्व पूर्णकालीन अभ्यासमा विमानका यात्रुहरुको जीवन रक्षा, उद्धार कार्यका लागि विमानस्थलको दुई थान वारुणयन्त्र, विभिन्न अस्पतालका छ एम्बुलेन्स, चिकित्सक, स्वास्थ्यकर्मी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, उड्डयन कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।

अभ्यासका क्रममा एउटा स्थानमा आगो लगाई एउटा बसलाई विमान बनाएर सोमा रहेका यात्रुको जीवन बचाउने, उद्धार गर्ने, आवश्यक उपचार दिने सम्बन्धमा प्रयोगात्मक अभ्यास कार्य गरिएको थियो । सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले दुर्घटनामा पर्ने यात्रुको जीवनरक्षाका लागि सम्बन्धीत सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

विमानस्थलका कार्यालयका प्रमुख उत्सवराज खरेलले यस प्रकारको अभ्यासले आकस्मिक दुर्घटना हुँदा यात्रुको जीवन रक्षामा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । यस प्रकारको पूर्व पूर्णकालीन अभ्यास प्रत्येक दुई÷दुई वर्षमा काठमाडाँै बाहिर विराटनगर, पोखरा, भैरहवा नेपालगञ्ज, धनगढीलगायतका विमानस्थलमा हुने गरेको कार्यालयका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिनुभयो । रासस