५ श्रावण २०८३, मंगलवार
,
Latest
साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष ज्येष्ठ नागरिकको अधिकारको विषयमा छुट्टै महासन्धि बन्दै प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध मात्र उजुरी, साउन १२ र १३ गते सुनुवाई हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा १५ हजार ५१० हेक्टरमा चैते धानखेती



अ+ अ-

कलैया । बारामा आर्थिक वर्ष २०७८/०७९ मा कृषकले कूल १५ हजार ५१० हेक्टर क्षेत्रफलमा विभिन्न जातको चैते धानखेती गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

भदैया, अगहनी धानको उत्पादकत्वभन्दा बढी उत्पादन दिने भएको हुनाले कृषकले आफ्नो साधन स्रोतबाट सिँचाइको राम्रो व्यवस्था गरेका कारण चैते धानखेतीतर्फ कृषक आर्कषित भई प्रत्येक वर्ष चैते धानको खेती दिनप्रति वृद्धि हुँदै गएको ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७/०७८ मा कृषकले कूल १२ हजार ११५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको थियो । गत साल भदैया धान प्रतिहेक्टर ४ दशमलव ३ मेट्रिकटन, अगहनी धान ४ दशमलव १५ मेट्रिकटनका दरले उत्पादन भएको थियो ।

यस वर्ष कृषकले हर्दिनाथ १, चैते १, २, र चैते ४ जातको धानखेती गरी १५ हजार ५१० हेक्टर क्षेत्रफलमा खेती गरिएको कृषि ज्ञानकेन्द्रका कृषि विज्ञ राजकरण चौरसियाले जानकारी दिनुभयो । चैते धान प्रतिहेक्टर ४ दशमलव ६३ मेट्रिकटनले दरले ६९ हजार ९७२ मेट्रिकटन धान उत्पादन भएको केन्द्रले जनाएको छ ।