५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल

आचारसंहिता उल्लङ्घनकर्तालाई निर्वाचन आयोगको कारबाही

आचारसंहिता उल्लङ्घनकर्तालाई निर्वाचन आयोगको कारबाही
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दललाई कारबाही गर्न थालेको छ । आयोगले विभिन्न उजुरी र जानकारीका आधारमा आचारसंहिता प्रतिकूल कार्यमाथि स्थलगत अनुगमन गर्ने, दलहरूलाई स्पष्टीकरण सोध्ने, सचेत गराउनेलगायत कारबाही गरेको हो ।

आचारसंहिता उल्लङ्घनका कार्य उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरीत भए/गरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू नगर्न/ नगराउन निर्देशन दिई सचेत गराएको छ ।

आयोगले ती दललाई अब आइन्दा निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू नगर्न÷नगराउन निर्देशन दिई सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन सम्बन्धमा आयोगबाट यही वैशाख १६ गते निर्णय र आदेश भएको थियो । सो क्रममा नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० ले काठमाडौँको भृकुटीमण्डपमा गत चैत २६ गते गरेको जनसभामा निर्वाचन आचारसंहिता, २०७८ को दफा १२ को को खण्ड ९ड० विपरीत उम्मेदवारको कार्यालयमा तुल (कपडा) मा बनाइएको ३ बाई ३ फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्न प्रयोग गरेको, प्रचारप्रसार तथा आमसभा र जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गरेको भयो भन्ने सूचना प्राप्त भई आयोगमा प्राप्त फोटो समेतबाट सो देखिएको विषयमा आयोगबाट सचेत गराउने आदेश भएको हो ।

सो पार्टीले गरेको सो दलले आचारसंहिता उल्लङ्घन हुने कार्य गरेकाले सचेत गराउने निर्णय भएको आयोगका प्रवक्ता एवं शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ समेतको फोटो राखिएको चुनावी पोष्टर तयार गरी, प्रचारप्रसार गरिएको भन्ने कुरा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सोबारे आयोगको निर्णयमा भनिएको छ, “कुनै निकायको कुनै पदमा कार्यरत राष्ट्रसेवकका लागि नियुक्त भई पदासीन भएको व्यक्तिले गरेको कार्य हितकारी हो होइन भन्ने कुराको परीक्षा नेपाली नागरिक, सरकार र त्यससम्बन्धी अधिकार भएको उपल्लो निकायले गर्ने प्रणाली राज्य सञ्चालनमा हुने गर्दछ । जुनसुकै निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी कुनै दल विशेष, व्यक्ति विशेष र कुनै अवधिको सरकारको मात्रै हुने भन्ने अर्थमा चित्रित गरिनु जायज र मनासिव विषय हो भन्न सकिँदैन । राष्ट्रसेवकले आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्दाको असल र उत्प्रेरक भूमिका त्यस्तो व्यक्ति र राज्यको गौरवको विषय हुन सक्दछ तर सो कार्यलाई कुनै दल विशेषको मात्रै निजी प्रतिष्ठा र एकल प्रयासका रुपमा लिन सकिँदैन ।”

आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीले मकवानपुरको हेटौँडामा गरेको कार्यक्रममा पनि आचारसंहिता विपरीत सामग्री राखिएको ठहर गर्दै सचेत गराएको छ । सो दलले आमसभा तथा जुलुसमा अठार वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग पनि गराएको थियो । यस्तै नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसद शशाङ्क कोइरालाले गत प्रतिनिधिसभा निर्वाचनमा आफूबाट भएको खर्चबारे निर्वाचनमा गरेको खर्चको विवरण र सार्वजनिक कार्यक्रममा अर्कै अभिव्यक्ति दिनुभएको सम्बन्धमा पनि सचेत गराइएको छ ।

आचारसंहिता प्रतिकूलका निर्वाचन सामग्री जफत

निर्वाचन आयोगको अनुगमन टोलीले काठमाडौँको केही ठाउँमा स्थलगत अनुगमन गरी राजनीतिक दलको झन्डा तथा निर्वाचन आचारसंहिता प्रतिकूल हुने सामग्री जफत गरेको छ ।

आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको अनुगमन टोलीले काठमाडौँको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडीखेल, शहीदगेट, भोटाहिटी, घण्टाघर क्षेत्र वरिपरि शनिबार स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा सार्वजनिकस्थलमा रहेका राजनीतिक दलका झन्डा ३०० थान, सो क्षेत्रका विभिन्न पसलमा राखिएका दलका निर्वाचन चिह्न अङ्कित क्याप २०० थान, झोला दुई बण्डल ९करिब १०० थान०, टिसर्ट १० थान, दलको ब्यानर तीन थान जफत गरेको छ । राजनीतिक दलका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सूचना आयोगलाई प्राप्त भएपछि सो क्षेत्रमा आयोगको अनुगमन टोली स्थलगत अनुगमन गरेको थियो । अनुगमनको काम जारी रहने आयोगले जनाइएको छ । रासस