२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा ७९ को उम्मेदवारी फिर्ता, तीन निर्विरोध



अ+ अ-

भक्तपुर । भक्तपुरको चार स्थानीय तहमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिने ७९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेससहितको गठबन्धन, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रबाट उम्मेदवारी दिएका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, खुला सदस्य र महिला सदस्य गरी कूल ७९ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार चाँगुनारायण नगरपालिकामा प्रमुखका उम्मेदवार दुई, उपप्रमुख एक, वडाध्यक्ष आठ, वडासदस्य नौ र महिला सदस्य दुई गरी २२ जना, भक्तपुर नगरपालिकामा वडाध्यक्ष सात र वडा सदस्य आठ गरी १५ जना, मध्यपुरथिमि नगरपालिकामा नगरप्रमुख एक, उपप्रमुख दुई, वडाध्यक्ष १३, वडा सदस्य चार र महिला सदस्य दुई गरी २२ जना र सूर्यविनायक नगरपालिकामा प्रमुखमा दुई, विभिन्न वडामा वडाध्यक्षमा ११, वडा सदस्य पाँच, महिला सदस्य एक र दलित महिला सदस्य एक गरी २० जनाले उम्मेदवारी फिर्ता लिएको कार्यालयका प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाका ३८ वटा वडामध्ये आठवटामा दलित महिला उम्मेदवार नपाउँदा ती वडामा दलित महिला पद रिक्त हुन पुगेको छ । स्थानीय तह निर्वाचन ऐन–२०७३ ले स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष एक पद र वडामा निर्वाचित पाँचमध्ये एक खुलाबाट महिला र एक दलित महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि कतिपय वडामा उम्मेदवारी नपर्दा दलित महिलाको कोटा रिक्त रहेको प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

जिल्लाको भक्तपुर नगरकाको १० वटा वडामध्ये १, २, ३, ४, ७, ८ र ९ नं वडा गरी सातवटा र मध्यपुरथिमिको वडा नं ४ मा दलित उम्मेदवार नपाएपछि यी आठवटा वडामा दलित महिला सदस्यको पद नै रिक्त भएको छ । दलित महिलातर्फ तीनवटा वडामा भने एक जनाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध भएको उहाँले बताउनुभयो । उहाँले नेमकिपाका उम्मेदवार भक्तपुर नगरपालिका–५ मा सरिना द्यौला ९पोडे० र १० मा विष्णुमाया कामीलाई तथा नेपाली कांग्रेसले मध्यपुरथिमि–५ मा लक्ष्मी द्यौला निर्विरोध भएको उहाँले जानकारी दिनुभयो ।

जिल्लाका चार नगरका अन्य वडामा भने दलित महिला पदमा कांग्रेस, एमालेसहित केही दलका गरी ९० जनाको उम्मेदवारी परेको न्यौपानेले जानकारी दिनुभयो । सबै वडामा दलित बस्ती नभएका कारण उम्मेदवारी नपरेको दलहरूको भनाइ छ ।