५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

भक्तपुरमा ७९ को उम्मेदवारी फिर्ता, तीन निर्विरोध

भक्तपुरमा ७९ को उम्मेदवारी फिर्ता, तीन निर्विरोध
अ+ अ-

भक्तपुर । भक्तपुरको चार स्थानीय तहमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिने ७९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेससहितको गठबन्धन, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रबाट उम्मेदवारी दिएका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, खुला सदस्य र महिला सदस्य गरी कूल ७९ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार चाँगुनारायण नगरपालिकामा प्रमुखका उम्मेदवार दुई, उपप्रमुख एक, वडाध्यक्ष आठ, वडासदस्य नौ र महिला सदस्य दुई गरी २२ जना, भक्तपुर नगरपालिकामा वडाध्यक्ष सात र वडा सदस्य आठ गरी १५ जना, मध्यपुरथिमि नगरपालिकामा नगरप्रमुख एक, उपप्रमुख दुई, वडाध्यक्ष १३, वडा सदस्य चार र महिला सदस्य दुई गरी २२ जना र सूर्यविनायक नगरपालिकामा प्रमुखमा दुई, विभिन्न वडामा वडाध्यक्षमा ११, वडा सदस्य पाँच, महिला सदस्य एक र दलित महिला सदस्य एक गरी २० जनाले उम्मेदवारी फिर्ता लिएको कार्यालयका प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाका ३८ वटा वडामध्ये आठवटामा दलित महिला उम्मेदवार नपाउँदा ती वडामा दलित महिला पद रिक्त हुन पुगेको छ । स्थानीय तह निर्वाचन ऐन–२०७३ ले स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष एक पद र वडामा निर्वाचित पाँचमध्ये एक खुलाबाट महिला र एक दलित महिला अनिवार्य हुनुपर्ने व्यवस्था भए पनि कतिपय वडामा उम्मेदवारी नपर्दा दलित महिलाको कोटा रिक्त रहेको प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

जिल्लाको भक्तपुर नगरकाको १० वटा वडामध्ये १, २, ३, ४, ७, ८ र ९ नं वडा गरी सातवटा र मध्यपुरथिमिको वडा नं ४ मा दलित उम्मेदवार नपाएपछि यी आठवटा वडामा दलित महिला सदस्यको पद नै रिक्त भएको छ । दलित महिलातर्फ तीनवटा वडामा भने एक जनाको मात्रै उम्मेदवारी परेकाले निर्विरोध भएको उहाँले बताउनुभयो । उहाँले नेमकिपाका उम्मेदवार भक्तपुर नगरपालिका–५ मा सरिना द्यौला ९पोडे० र १० मा विष्णुमाया कामीलाई तथा नेपाली कांग्रेसले मध्यपुरथिमि–५ मा लक्ष्मी द्यौला निर्विरोध भएको उहाँले जानकारी दिनुभयो ।

जिल्लाका चार नगरका अन्य वडामा भने दलित महिला पदमा कांग्रेस, एमालेसहित केही दलका गरी ९० जनाको उम्मेदवारी परेको न्यौपानेले जानकारी दिनुभयो । सबै वडामा दलित बस्ती नभएका कारण उम्मेदवारी नपरेको दलहरूको भनाइ छ ।