५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

निष्पक्ष निर्वाचनका लागि सुरक्षाको कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

निष्पक्ष निर्वाचनका लागि सुरक्षाको कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन
file
अ+ अ-

काठमाडौं । ‘स्थानीय तह निर्वाचनका सम्बन्धमा आइपर्ने सुरक्षा चुनौतीका विषयमा आज गृह मन्त्रालयमा छलफल भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा भएको निर्वाचन सुरक्षा गोष्ठीमा आइपर्ने चुनौती र त्यसको समाधान गर्दै कसरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

गोष्ठीमा भर्चुअल रुपमा प्रदेशगत प्रस्तुतीकरण गरिएको थियो । प्रदेशगत प्रस्तुति सुनेपछि गृहमन्त्री खाणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले उपलब्ध प्राप्त स्रोतसाधनको उपयोग गरेर सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।

गोष्ठीमा केन्द्र, प्रदेश र जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सदस्यलाई निर्देशन दिँदै मन्त्री खाणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कुनै कसुर बाँकी नराख्न आग्रह गर्नुभएको छ । स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो । ‘निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ ।

उहाँले सीमित स्रोतसाधन उपयोग गरेर अहिलेसम्म जिल्ला जिल्लामा भएको निर्वाचनको सुरक्षा सम्बन्धमा भएको तयारी प्रशंशायोग्य रहेको पनि बताउनुभयो ।

गृहसचिव टेकनारायण पाण्डेले निर्वाचनको सुरक्षा र निष्पक्षता सरकारको मुख्य ध्यय भएकाले त्यसै अनुरुप काम गर्न निर्देशन दिनुभयो । सबै जिल्लाका प्रजिअ र सुरक्षा समितिका पदाधिकारीले सीमित स्रोतसाधनलाई उपयोग गरेर कुशलता प्रदान गरी उदाहरणयोग्य काम गर्ने अपेक्ष मन्त्रालयले राखेको गृह सचिव पाण्डेले बताउनुभयो ।

गृह मन्त्रालयमा भएको गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललगायतको सहभागिता थियो ।

बैठकमा भर्चुअल माध्यमबाट सबै जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा प्रदेशका सुरक्षा निकायका प्रमुख सहभागिता थियो ।