५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

ओलीले राजावादीहरुसँग गठबन्धन गरिरहेको पौडेलको आरोप

ओलीले राजावादीहरुसँग गठबन्धन गरिरहेको पौडेलको आरोप
file
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुसँग गठबन्धन गरिरहेको आरोप लगाउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले ओलीले पुरातनपन्थी र भ्रष्टाचारीहरुसँग गठबन्धन गरिरहेको आरोप लगाउनुभएकोे हो । उहाँले विकासको नाममा नेकपा एमालेका कार्यकर्ताहरुले केन्द्रबाट बजेट लगेर आफैँ उपभोक्ता, आफैँ ठेकदार बन्ने गरेको र बजेट सबै खल्तीमा हालेको आरोप लगाउनु भयो ।

उहाँले नेकपा एमालेले विकासका योजनाहरु अलपत्र बनाएको पनि बताउनु भयो । वरिष्ठ नेता पौडेलले नेकपा एमालेले बारम्बार संसदमाथि हमला गरेर जनताको अधिकारमाथि हमला गरेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसले ओली प्रवृतिसँग सामना गर्नका लागि परिवर्तनका पक्षधर, संविधानका पक्षधर र नेपालमा लोकतन्त्रका पक्षधरहरुलाई एक ठाउँमा राखेर गठबन्धन गरेको बताउनु भयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘गाउँमै आम्दानी गाउँमै रोजगारी यो अभियान हाम्रो हुन्छ, काँग्रेसको हुन्छ । त्यसो भएकोले निर्धक्कसँग जनतालाई भन्नुहोस्, आज विकासको नाममा एमाले पार्टीका कार्यकर्ताले केन्द्रबाट बजेट लाने, आफैँ उपभोक्ता बन्ने, आफैँ ठेकदार बन्ने, बजेट सबै खल्तीमा हाल्ने । विकासको योजना अलपत्र पार्ने काम गरेका छन् । यसबाट हामी अब नेपाललाई मुक्त गर्छौं भनेर जनतालाई भन्नुहोस् तपाईहरुले । जनताको अधिकारमाथि हमला भएको छ । बारम्बार सांसद बनाएर जनताले भोट दिएर पठाउने, त्यसै संसदलाई भंग गरेर देशमा राजनीतिक अस्थिरता पैदा गर्ने देशमा लोकतन्त्रमाथि कुठाराघात गर्ने, राजा महेन्द्रले २०१७ सालमा गरेजस्तै संसदमाथि बारम्बार हमला गर्ने ओली प्रवृतिसँग आज नेपाली काँग्रेसले सामना गर्न गठबन्धन गरेको छ ।

आज वास्तवमा हाम्रो र ओलीको गठबन्धन । ओलीले पनि गठबन्धन गरेका छन् । ओलीको गठबन्धन कस्तो छ ? पुरातन पन्थी, राजावादी, प्रतिक्रियावादीहरुलाई लिएर आज ओली गठबन्धन गरिरहेका छन् । तर हामीले परिवर्तनका पक्षधरहरु, संविधानका पक्षधरहरु र नेपालमा लोकतन्त्रका पक्षधरहरुलाई एक ठाउँमा राखेर गठबन्धन गरेका छौँ । हाम्रो गठबन्धन राजनीतिक रुपले, सैद्धान्तिक रुपले, वैचारिक रुपले र राष्ट्रिय रुपले राष्ट्रको आवश्यक्ताको गठबन्धन हो । जनताको आवश्यक्ता हो । तर उनले गरेको गठबन्धन हेर्नुहोस् कस्ता तत्वसँग ओली आज हात मिलाउन गएका छन् ? सारा पुरातन पन्थी, राजावादी, प्रतिक्रियावादी, भ्रष्टाचारीहरुसँग गठबन्धन गरिरहेको छ ओलीले । यो एमालेले । हाम्रो राजनीति पनि ठिक बाटोमा गएको छ । विकास रणनीति पनि सही ढंगको छ ।’

वरिष्ठ नेता पौडेलले गठबन्धनले गरेको अहिलेको राजनीति र विकास रणनीति सही ढंगमा अघि बढीरहेको पनि बताउनु भयो ।