६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली एण्ड कम्पनीले संविधानको उल्लंघन गरेको छ: माधव नेपाल (पूर्णपाठ सहित)



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संविधान, ऐनको उल्लंघन गर्ने काम केपी ओली एण्ड कम्पनीबाट हुँदै आएको आरोप लगाउनु भएको छ ।

मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आफनो पार्टीको बैधानिकताको बिषयलाई लिएर एमाले अध्यक्ष ओलीले संसद अबरोध गरेको प्रति कडा आपत्ति जनाउदै उहाँले यस्ता आरोप लगाउनु भएको हो ।

पत्रकार सम्मेलनमा नेता नेपालले भन्नुभयो हाम्रो आफ्नो पार्टी देखेर ओली विचलित भएका छन् । उहाँको भनाई थियो   ‘उनी विचलित हुनुको कारण हाम्रो पार्टी र हाम्रो पार्टीको अस्तित्व देखेर हो । हाम्रो पार्टी वैधानिकरुपमा स्थापित भएको हो, सर्वोच्च अदालतले ७६ को (६) मा कुनै ह्वीप लाग्दैन भन्ने  फैसला गरेको छ । त्यसमा कुनै कारबाही गर्न मिल्दैन्थ्यो ।’  

नेता  नेपालले एमसीसीलाई लिएर एमाले मुकदर्शक भएर बसेको आरोप पनि लगाउनु भयो । पत्रकार सम्मेलनमा नेपालले भन्नुभयो , ‘अन्तमा न समर्थन, न विरोध । एउटा प्रहसन, तमासा जस्तो सुनियो । एमसीसी अगाडि बढाउन जसले सबै तमासा गर्‍यो, ऊ मुकदर्शक भएर बस्यो ।’

नेता नेपालले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो हामीहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने खतरा रहेको थियो ।