२५ मंसिर २०८२, बिहीबार
,
Latest
सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका शाक्य र ऊर्जा मन्त्री घिसिङबीच भेटवार्ता नक्कली नोटसहित एक जना पक्राउ पुस १ गतेदेखि बाघ गणना गरिँदै विकटको सुगम मातृ स्वास्थ्य सेवाः सान्नी त्रिवेणी गाउँपालिका घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ कार्की सरकार असंवैधानिक हो, कुनै प्रतिष्ठान मास्ने अधिकार छैनः ओली ट्रम्प गोल्ड कार्ड आजदेखि लागू हुँदै जेन–जी र सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः कलाबिहीन भद्दा नाटक पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकको चाहना अनुसार काम गर्ने राप्रपाका मेयर उम्मेदवार श्रेष्ठको प्रतिवद्धता



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार मदनदास श्रेष्ठले आफू विजयी भएमा महानगरभित्रका आम नागरिकको चाहना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

वरिष्ठ कलाकार समेत रहनु भएका श्रेष्ठले काठमाडौं महानगरपालिकाबासीको मनोभावना र चाहना अनुसार काम गर्न आफूले राप्रपाबाट मेयरको उम्मेदवारी दिएको पनि बताउनु भयो । शुक्रबार चुनावका लागि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उहाँले विगतका जनप्रतिनिधिहरुले इमान्दार भएर काम गर्न नसकेकाले काठमाडौं महानगरपालिका फोहोरको डुंगुरमा परिणत भएको आरोप लगाउँदै ती समस्या समाधान आफू समक्ष हुने दावी समेत गर्नु भयो ।

मेयरका उम्मेदवार श्रेष्ठले घोषणा गर्नु भएको प्रतिवद्धता पत्रमा ६ महिना भित्र काठमाडौंलाई फोहोरमुक्त सहर बनाउने महत्वकांक्षी योजना उल्लेख गरिएको छ । उहाँले भन्नु भयो, ‘काठमाडौंमा मूलभूत रुपमा फोहोरकै कुरा हो । त्यसको व्यवस्थापन गर्नुछ । म आम नागरिकहरुलाई विशेष अनुरोध गर्न चाहन्छु–तपाईहरुको अमूल्य मतले मलाई विजयी गराउनु भयो भने तपाईहरुको मनोभावना र चाहना अनुरुप मैले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु गर्दछु ।’

मेयरका उम्मेदवार श्रेष्ठले आफ्नो प्रतिवद्धता पत्रमा काठमाडौलाई भ्रष्टाचामुक्त बनाउने, सार्वजनिक यातायातामा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई निःशुल्क गर्ने, मठ, मन्दिर, पाटीपौवा, गुठीलगायतका धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने उल्लेख गरिएको बताउनु भयो । त्यसैगरी प्रत्येक वडामा निःशुल्क स्वास्थ्य चौंकीको स्थापना गरेर नागरिकको स्वस्थ जीवनका लागि काम गर्ने योजना पनि प्रतिवद्धता पत्रका समावेश गरिएको छ ।